सन्तोष अम्गाईका केही मुक्तकहरु...

मुक्तकहरू क्रमशः


मुक्तक:१

तिम्रा लागि अनेकौ जोखिम मोल्न नभ्याॅउदा।
चाॅहदा चाॅहदै मनका कुरा खोल्न नभ्याॅउदा।
पराइ भुमीमा छ भनि बुझिदिनु तिमी मलाई,
तिम्ले गरेको फोन उठाई म बोल्न नभ्याॅउदा।

मुक्तक:२

खोला देखाइदेउ मुहान देखाई राख्नु पर्दैन।
ओछ्यान भएसी सिरान देखाई राख्नु पर्दैन।
'म त पराईकी भैसके' बस यत्ती भन्दे पुग्छ,
श्रीमान अनि सन्तान देखाई राख्नु पर्दैन।

मुक्तक:३

चितुवा भन्दा कम्जोर छैन, खरायो नसम्झ।
साॅचो भनेॅ नटोक्ने कुकुरझैॅ, करायो नसम्झ।
कुकर्म गर्ने लाई समयले ठेगान लगाउनेछ,
त्यही भएर म मौन बस्याछु, डरायो नसम्झ।

मुक्तक:४

हामी संग जोसमा होस भएसम्म केही हुन्न।
अनि दुबैको निर्णय ठोस भएसम्म केही हुन्न।
चिन्ता मान्लीन भन्ने डरले भनिदिए प्रियालाई,
तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न।

मुक्तक:५

अबिर बिनाको टिकाको के कुरा गर्छौ यार।
न्वारन नभएकी राधिकाको के कुरा गर्छौ यार।
सिउँदो भरेको श्रीमतीको भर हुन्न भनेॅ यहाॅ,
तिमी आफ्नी प्रेमिकाको के कुरा गर्छौ यार।

मुक्तक:६

तिम्रा बिचार मा म सहमत हुन छाडेपछी।
अनि तिमी संग मेरो सङगत हुन छाडेपछी।
मत हाॅस्न निकै माहिर भएको छु महाशय,
तिमी द्वारा मेरो खुसी जफत हुन छाडेपछी।

मुक्तक:७

मैलाई सम्झी रात दिन रुन्छ नसम्झ।
आत्म हत्याको बाटोनै चुन्छ नसम्झ।
तिमी जस्ता त मेरा कत्ती छन कत्ती,
मैले छोडदैमा उ एक्लो हुन्छ नसम्झ।

मुक्तक:८

अन्याय,अत्याचार बिरुद्ब बोल्न पछी पर्नुहुन्न।
देशका निमित्त जोखिम मोल्न पछी पर्नुहुन्न।
इतिहास भुली छिमेकी सिमा मिच्दै आउछ भने,
सप्तकोशी बाॅधको ढोका खोल्न पछी पर्नुहुन्न।

मुक्तक:९

ऑफै टाढा हुनु बाहेक केनै गर्न सक्छु र म।
तिम्रो फोटो छुनु बाहेक केनै गर्न सक्छु र म।
पराईको डोलीमा तिमी लाई नै देखे पछी,
मुर्छा परी रुनु बाहेक केनै गर्न सक्छु र म।

मुक्तक:१०

सहन नसके निन्द्रा,भोक भो बिदेश नआउ।
रोक्न नसके रिसको झोक भो बिदेश नआउ।
पैसा संग पसिना साॅट्न जेनी गर्नुपर्छ यहाॅ,
छौ भने साॅच्चै डर पोक भो बिदेश नआउ।

मुक्तक:११

दैलो पोत्न,भित्ता टाल्न सक्छेउ भने बिहे गर्छु।
घाॅस काट्न,गोबर फाल्न सक्छेउ भने बिहे गर्छु।
मलाई संसार देखाउने घरमा बुढा बाआमा छन,
सम्मान पूर्वक तिम्ले पाल्न सक्छेउ भने बिहे गर्छु।

मुक्तक:१२

तिमी भन्दा बढी म इखालु छु बुझीराख।
सत्रुसंग बद्ला लिन सिपालु छु बुझीराख।
मुसा ठानी तिमी जीस्किदै हौला सायद,
गोमन साॅप भन्दानी बिसालु छु बुझीराख।

मुक्तक:१३

तिम्रो खुसीमा जाना जान बाधा बनाएँ भने।
अनि तिम्रो लागी ऑफैलाई आधा बनाएँ भने।
के भनी मन बुझाउछौ तिमी ऑफै भन्देउ प्रिया,
कृष्ण ले झैॅ रुक्मिणी र राधा बनाएँ भने।

मुक्तक:१४

हलो सहित गोरु धान्ने जुवा लाई हेर।
असिनाको चोट सहने पालुवा लाई हेर।
जवानीमै धेरै दुख पा'कोछु भन्छौ तिमी,
दुख बुझ्न अशक्त र बिधुवा लाई हेर।

मुक्तक:१५

काली भन्दा गोरी हेर्ने धेरै हुन्छन।
कोदो भन्दा तोरी हेर्ने धेरै हुन्छन।
याद गर्नुस घरमा पाहुना आउदा,
छोरा भन्दा छोरी हेर्ने धेरै हुन्छन।

मुक्तक:१६

कानुन भन्दा ब्यक्ती ठूलो कहिले सम्म सरकार?
अख्तियारको ऑखामा फूलो कहिलेसम्म सरकार?
गरिब यो देशमा यसै त यस्तो फितलो छ कानुन,
अझैॅ कार्यान्वयन खुकुलो कहिले सम्म सरकार?

:-सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल थेगु द कोरिया




Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....