कविता -"पुतली"
'पुतली '
पुतली,
आज पनि लिएको छु हातमा
जसरी लिएथें हिजो
तर
यि दिनहरूमा
यो वयस्क छातीसंगै
किन ढुक्ढुकिदैन यसको धड्कन?
किन लाउँदैन चुकुली अचेल संङ्गीहरुको?
किन हाँस्दैन बेपत्ता खितखिताएर?
उहिल्यै,
खुजमुजिएका पोलिस्टरको
बुट्टेदार घाँघरसंगै नाच्थी पुतली
झिम्क्याउँथी आँखा
पकाउँथी कालीमाटीसंगै
तिनपातेको तरकारी
बटरफ्लाईको बासनादार बट्टामा
अनि रित्ता भित्ताहरुमा
बनमाराका सिर्कनाले
देखाउँदै पढाउँथी
ए माने एप्पल
बि माने बल
कहिलेकाँही
पुतली हिड्थी टुकुटुकु
मेरै सामुन्ने
र म पच्छ्याउँथे
उ पर परको थुम्काथुम्की सम्मै
आँप र लिच्चीका दाना खसाल्न
मेरा आवेगहरुका साक्षी थिई
म कुट्थें
उ रुन्थी
म चुम्बन गर्थें
उ लजाउँथीं
झरीमा बलेसीबाट तप्किएका
पानीका थोपासंगै
उ पनि भिज्थी म संगसंगै
मेरो प्रत्येक बालघटनाको
उ प्रत्यक्षदर्शी थिइ
मेरो अनन्य थिइ
हो उ पुतली थिई
तर
एउटा उदेक लाग्दो
कालखण्ड बिलुप्त भएपश्चात
त्यही पुतली
किन मार्दिन बात म संग?अचेल
किन खितखिताउँदिन?
अनि किन धड्किन्न मेरो हृदयमा ?सुस्तरी
पुतली आज पनि लिएको छु
जसरी लिएथें हिजो
सायद,
केटाकेटी भगवान् हुन्
र मान्छे राक्षस
:-बिना थिङ
पुतली,
आज पनि लिएको छु हातमा
जसरी लिएथें हिजो
तर
यि दिनहरूमा
यो वयस्क छातीसंगै
किन ढुक्ढुकिदैन यसको धड्कन?
किन लाउँदैन चुकुली अचेल संङ्गीहरुको?
किन हाँस्दैन बेपत्ता खितखिताएर?
उहिल्यै,
खुजमुजिएका पोलिस्टरको
बुट्टेदार घाँघरसंगै नाच्थी पुतली
झिम्क्याउँथी आँखा
पकाउँथी कालीमाटीसंगै
तिनपातेको तरकारी
बटरफ्लाईको बासनादार बट्टामा
अनि रित्ता भित्ताहरुमा
बनमाराका सिर्कनाले
देखाउँदै पढाउँथी
ए माने एप्पल
बि माने बल
कहिलेकाँही
पुतली हिड्थी टुकुटुकु
मेरै सामुन्ने
र म पच्छ्याउँथे
उ पर परको थुम्काथुम्की सम्मै
आँप र लिच्चीका दाना खसाल्न
मेरा आवेगहरुका साक्षी थिई
म कुट्थें
उ रुन्थी
म चुम्बन गर्थें
उ लजाउँथीं
झरीमा बलेसीबाट तप्किएका
पानीका थोपासंगै
उ पनि भिज्थी म संगसंगै
मेरो प्रत्येक बालघटनाको
उ प्रत्यक्षदर्शी थिइ
मेरो अनन्य थिइ
हो उ पुतली थिई
तर
एउटा उदेक लाग्दो
कालखण्ड बिलुप्त भएपश्चात
त्यही पुतली
किन मार्दिन बात म संग?अचेल
किन खितखिताउँदिन?
अनि किन धड्किन्न मेरो हृदयमा ?सुस्तरी
पुतली आज पनि लिएको छु
जसरी लिएथें हिजो
सायद,
केटाकेटी भगवान् हुन्
र मान्छे राक्षस
:-बिना थिङ
Comments
Post a Comment