आन्दाेलनमा ईश्वरहरू-कवि:बिष्णु सन्यास ।
!हार्दिक बधाई !!
कवि स्व.बिमल गुरुङ्गको २६सौ स्मृति दिवसको अवसरमा बिमल पुस्ताकालयद्वारा
धरानमाँ आयोजित राष्ट्रीय कविता प्रतियोगिता महोत्सवमा देशविदेशबाट सहभागी
भएका १६९ प्रतियोगीहरुलाई पछि पार्दै ''आन्दाेलनमा ईश्वरहरू'' शीर्षक कविता
मार्फत प्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोल्पा जेल्बाङ ९ का बिष्णु
पुन मगर ज्यु लाइ हार्दिक बधाई तथा निरन्तर सफल साहित्यिक यात्राको
शूभकामना ब्यक्त गर्दछौ !!
स्वयम् ईश्वरहरू नै
आन्दाेलनमा छन अचेल
अस्तित्वकाे
उनीहरूलाई मन पर्दैन
पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने
याे वतासकाे आधुनिक रङ
उनीहरूकाे आँखालाई मन पर्दैन
क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा
दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन
उनीहरूलाई मन पर्छ बरू
जँगलमै बसेर मानिस
मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे
खनेर बृक्षका जरा-जरा
समयकाे त्याे आदिम गुफा छेउँ
भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे
उनीहरू कहिल्यै देख्दैनन्
गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै
अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे
कुनै बेराेजगार प्रेमिकाे कारूणिक अनुहार
उनीहरूकाे कानले कहिल्यै सुन्दैन
प्रत्येक विहान सुर्यलाई निधारमा बाेकेर
गाउँकाे उकालाे चढ्दै गरेकाे
बृद्ध हजुरआमाकाे गीत
बरू सजिलै देख्न सक्छन् उनीहरू
भिड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलाैकिक पाेस्टकार्डहरू
च्यात्दै हिँडेकाे अफ्ठ्याराे दृष्य
सजिलै सुन्न सक्छ उनीहरूकाे कानले
सम्झाैतामा चित्त नबुजे पछि
मान्छेहरूले मन्दिर र देवताकाे मुर्ति
भत्काउँदै हिँडेकाे प्रत्येक गाेप्य समाचार
ईश्वरहरू भन्नु सँसारकै
सवैभन्दा खतरनाक शासक न रहेछन्
कि थाेपा थाेपा पसिनाले उमारेकाे धानका
अक्षिता-अक्षिताहरूले उनीहरूकाे पाेल्टा
भरिदिनुपर्ने
कि घर भत्किदा मुस्किलले सम्हाली राखेकाे
एक थान कात्राे पनि च्यातेर धजा बनाई
उनीहरूकै नाममा चढाईदिनुपर्ने
अकस्मात एक दिन कहाँवाट हाे कुन्नि
गईपुगेथेँ उनीहरूकाे आन्दाेलनमा
र हेर्दैथिए उनीहरूकाे अाईटम नृत्य
ठिक त्यसैबेला भिडमा उभिएका
असँख्य ईश्वरहरूमध्ये एउटाले सम्बाेधनमा
भन्याे
तर मेराे आन्दाेलन ईश्वरहरूलाई ईश्वर बनाउन हैन
ईश्वरहरूलाई मानिस बनाउनकाे लागि हाे ।
कवि:बिष्णु सन्यास
"आन्दाेलनमा ईश्वरहरू''
स्वयम् ईश्वरहरू नै
आन्दाेलनमा छन अचेल
अस्तित्वकाे
उनीहरूलाई मन पर्दैन
पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने
याे वतासकाे आधुनिक रङ
उनीहरूकाे आँखालाई मन पर्दैन
क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा
दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन
उनीहरूलाई मन पर्छ बरू
जँगलमै बसेर मानिस
मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे
खनेर बृक्षका जरा-जरा
समयकाे त्याे आदिम गुफा छेउँ
भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे
उनीहरू कहिल्यै देख्दैनन्
गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै
अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे
कुनै बेराेजगार प्रेमिकाे कारूणिक अनुहार
उनीहरूकाे कानले कहिल्यै सुन्दैन
प्रत्येक विहान सुर्यलाई निधारमा बाेकेर
गाउँकाे उकालाे चढ्दै गरेकाे
बृद्ध हजुरआमाकाे गीत
बरू सजिलै देख्न सक्छन् उनीहरू
भिड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलाैकिक पाेस्टकार्डहरू
च्यात्दै हिँडेकाे अफ्ठ्याराे दृष्य
सजिलै सुन्न सक्छ उनीहरूकाे कानले
सम्झाैतामा चित्त नबुजे पछि
मान्छेहरूले मन्दिर र देवताकाे मुर्ति
भत्काउँदै हिँडेकाे प्रत्येक गाेप्य समाचार
ईश्वरहरू भन्नु सँसारकै
सवैभन्दा खतरनाक शासक न रहेछन्
कि थाेपा थाेपा पसिनाले उमारेकाे धानका
अक्षिता-अक्षिताहरूले उनीहरूकाे पाेल्टा
भरिदिनुपर्ने
कि घर भत्किदा मुस्किलले सम्हाली राखेकाे
एक थान कात्राे पनि च्यातेर धजा बनाई
उनीहरूकै नाममा चढाईदिनुपर्ने
अकस्मात एक दिन कहाँवाट हाे कुन्नि
गईपुगेथेँ उनीहरूकाे आन्दाेलनमा
र हेर्दैथिए उनीहरूकाे अाईटम नृत्य
ठिक त्यसैबेला भिडमा उभिएका
असँख्य ईश्वरहरूमध्ये एउटाले सम्बाेधनमा
भन्याे
तर मेराे आन्दाेलन ईश्वरहरूलाई ईश्वर बनाउन हैन
ईश्वरहरूलाई मानिस बनाउनकाे लागि हाे ।
कवि:बिष्णु सन्यास
Comments
Post a Comment