धनिपुर्जा हराएको देश-भरत थापा बिकल्प ।

" धनिपुर्जा हराएको देश "


 आफ्नै देशको बरखी बारेर
 मौनधारण गरिरहेजस्ता हिमालहरु
 राहदानी भिरेर 
उडानको पर्खाइमा रहेका नदीहरु 
आत्महत्या गर्न 
हामफालीरहेजस्ता झरनाहरु 
अनि गुँरास कुम्लो पारेर
 बसाइ सर्न लागेका पहाडहरु देखेर
 म सोधिरहेछु आमालाइ आमा म गोर्खाली हुँ कि हुँइन ? 

 सोधिरहेछु
 कँहा छ आमा सुस्ता र लिपुलेकको
  लालपुर्जा ?
 किन हडपिरहेछन दलालहरुले?
 कँहा राखेकि छ्यौ आमा बुद्दको जन्मदर्ता ? 
किन दाबी गरिरहेछन नाजायज आमाहरु? 
अनि कँहा छ सगरमाथाको चिनाटिपन? 
कँहा राखेकि छ्यौ अरुणकौ नागरिकता
 के साच्चै मेरो देशको धनिपुर्जा हराएकै हो
 आमा ?
 कि ऐलानी हो आमा मेरो देश ?
 सोधिरहेछु आफै काल पर्खिरहेको मधेशले
 कसरी मेट्ला कर्णालीको अनिकाल ? 
अनि कसरी मेट्ला
 भरीया र ढाक्रेहरुको प्यास 
 आफै लिलाम भएको अरुणले ,

 बिन्ती आमा महिनावारी सुकेको छैन भने
 टिष्टा र काँगडासंग संसर्ग गरेर
 जन्माइदेउन दुइचार अमरसिंहरु
 मैले पाथिभरा भाकेको छु
 जन्माइदेउन एउटा बुद्द
 मैले हलेसी भाकेको छु 
अनि जन्माइदेउ भृकुटी र अरनिकोहरु
आमा मैले छिन्ताङ भाकेको छु
 छिट्टै पोत्नुछ आमा सेताम्मे हिमालहरुको क्यानभासमा
 रक्ताम्मे गुँरासहरूले स्वाभिमानको रङ्ग
 देशको रङ्ग । बिजयको रङ्ग । .

 आमा , अब चुपचाप , शान्त बग्नेछैन कोशी
 टोलाएर उभिरहनेछैन कन्चनजघाँ 
 बरु रातै हुनेछ सगरमाथा
 रातै बग्नेछ दुधकोशी
  लडाकु हुनेछन बुद्ध
 तर आत्मसमर्पण गर्नेछैन देश 
 बरु सहिद हुनेछ ब्रह्माण्डको ।
 मलाइ यत्ति भनिदेउ आमा
  कँहा छ बलभद्रहरुले राख्न दिएको 
 यो देशको धनिपुर्जा
 वीर पुर्खाहरुले दर्ता गराएको
 गोर्खाली इतिहास
 छिट्टै नविकरण गर्नुछ आमा
 भन्देउन कँहा छ मेरो देशको धनिपुर्जा

 कँहा छ आमा ? कँहा छ ? 

- भरत थापा बिकल्प डाडाँगाँउ धनकुटा ( सम्पर्क - 9815317680 )


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....