गजल -सुनिल "जलन"।

[गजल]


अब चै बिश्वास गर्ने आधार आएको छ,
पोको पारेर रुमालमा प्यार आएको छ!

अस्ति दशै आएथ्यो बा-आमा रुवायो,
भोलि बैनी रुवाउने छ तिहार आएको छ!

बाबाको सिरानीमुनि तमसुक भेट्टाएपछी,
भाईपनि म संगै कतार आएको छ!

जो संग जिन्दगी बिताउने सपना देखियो,
आज उसकै बिहेको समाचार आएको छ!

पख न मेरो गाउँ पनि देखिन्छ एकछिनमा,
भर्खर त सिन्धुलीगढि बजार आएको छ!!

-सुनिल जलन
  (सिन्धुली)

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....