आन्दाेलनमा ईश्वरहरू-कवि:बिष्णु सन्यास ।
!हार्दिक बधाई !! कवि स्व.बिमल गुरुङ्गको २६सौ स्मृति दिवसको अवसरमा बिमल पुस्ताकालयद्वारा धरानमाँ आयोजित राष्ट्रीय कविता प्रतियोगिता महोत्सवमा देशविदेशबाट सहभागी भएका १६९ प्रतियोगीहरुलाई पछि पार्दै ''आन्दाेलनमा ईश्वरहरू'' शीर्षक कविता मार्फत प्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोल्पा जेल्बाङ ९ का बिष्णु पुन मगर ज्यु लाइ हार्दिक बधाई तथा निरन्तर सफल साहित्यिक यात्राको शूभकामना ब्यक्त गर्दछौ !! "आन्दाेलनमा ईश्वरहरू'' स्वयम् ईश्वरहरू नै आन्दाेलनमा छन अचेल अस्तित्वकाे उनीहरूलाई मन पर्दैन पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने याे वतासकाे आधुनिक रङ उनीहरूकाे आँखालाई मन पर्दैन क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन उनीहरूलाई मन पर्छ बरू जँगलमै बसेर मानिस मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे खनेर बृक्षका जरा-जरा समयकाे त्याे आदिम गुफा छेउँ भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे उनीहरू कहिल्यै देख्दैनन् गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे कुनै