गजल-दान राई"झरी"
*गजल * वीर गोर्खालिको देश दुख्यो भने । के गर्छौ त साथी शिर झुक्यो भने । स्वाभिमान माथी दाग लाग्न पुगि , छिमेकीले पनि आई थुक्यो भने । सवाल गर्दैछु म देउ जवाफ तिमी , देश प्रती मनमा माया उठ्यो भने । जलस्रोतको धनी देश भित्र यदि , के अर्थ भो साँच्चै घाँटी सुक्यो भने । खबरदारी अब गर्ने नगर्ने हो , देश बेच्न सिमा कोहि पुग्यो भने । दान राई "झरी" उदयपुर 9813275744