अप्ठ्यारो मान्छे – विनोदविक्रम केसीको कविता
सजिलै त मलाई केही पनि चाहिँदैन सजिलो त मलाई केही पनि गर्नु छैन ! सजिलो त नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ सजिलो त पुँजीवादको पुत्ररत्न बनेर मजदुरको माड लुट्न सजिलो हुन्छ कुनै सत्तासीनको ढोकामा आत्माको बलि दिन सजिलो हुन्छ अत्याचारबाट नजर हटाएर अन्यत्र आँखा टाँग्न सजिलो हुन्छ जिब्रो चपाएर बोल्न या मौन बस्न सजिलो हुन्छ सजिलो त विजेताहरूको इतिहास रटेर पराजितका काटिएका नाक–कानमाथि पर्दा हाल्न सजिलो हुन्छ सजिलो त विष पिउन सजिलो हुन्छ सजिलै त कायर भइन्छ, कायर सजिलोले त प्राप्त गराउँछ केवल गुलामी म सजिलै जन्मिएको होइन एउटा समरै लडेर मेरी आमाले मलाई यो धर्तीमा ल्याएकी हुन् सजिलै हुर्किएको होइन म हुँडारजस्तो गरिबीको निर्दयी अट्टहासबीच हुर्किएको हुँ म कम्युनिस्ट बनेको दिन उनीहरूले मेरा लालाबालालाई तोप दागेका थिए म सत्यको उज्यालो खोज्न निस्केको साँझ उनीहरूले देशमा ब्ल्याकआउट गरेका थिए मेरा सपनाहरू फुल्न–फुल्न लागेकै याममा उ