गजल:गिता कार्की।

[गजल]

लाख प्रश्न हरुको जब छाल उठ्दैन'थ्यो।
अनुत्तरितभै बारबार सवाल उठ्दैन'थ्यो।

 गाउँमा हस्पिटल भए मलाई टुहुरी बनाई,
मेरी आमा म बिचमा पर्खाल उठ्दैन'थ्यो।

यदी किसानले पनि भ्रष्टाचार गर्थ्यो भने,
 हाम्रो घर बर्षे नि अनिकाल उठ्दैन'थ्यो।

 यो देशमा फाँसीको सजाय तोकिए देखि,
 बलात्कारी, घुसखोरी,दलाल उठ्दैन'थ्यो।

 जनताले भोट दिनलाइ कन्जुस गरिदिए,
नेताहरुको भाग्य मालामाल उठ्दैन'थ्यो।

:गिता कार्की 'सिन्धुली'
 

Comments

Post a Comment