Posts

भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर।_गजल -मिलन मधुभाषी

Image
'गजल ' कुबेर सकियाे धनकाे अहँकार गरेर। म सकिदैछु तिमिलाइ प्यार गरेर। भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर। जीवन कवाड राख्ने एक पाेलेथिन जस्ताे बन्याे, प्रेम गर्दा जे सिकायाै त्यै अनुसार गरेर। याे हातमा चाराे देखाउदै रेट्नेहरुकाे बस्ति हाे, तिमिले हिड्नु पाइलै पिच्छे बिचार गरेर। यस्ताे लाग्छ सायद अब जन्म फेरिन्छ हाेला, कपालले रङग फेयेे तिम्राे इन्तजार गरेर। _ मिलन मधुभाषी

तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ ।

Image
'गजल' तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ । सुनसान सन्नाटामा छोडी गयाै तिमी, त्यसमा थप्न अझै अन्धकार नपठाउ । फेवातालमा डुबुल्की मारेका छन नयन, बिन्ती छ आँशुको जलाधार नपठाउ । मृत्यु संग लड्दै छु तिम्रै मुख हेर्दे अचेल, ब्यर्थ हुन्छ डाक्टर अनि उपचार नपठाउ। :- रेखा पन्त  गोर्खा, नेपाल हाल इजरायल

हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन।

Image
  समय छुटेको बाटो..... (एउटा कविता) र, सधै भन्ने गर्थे- जीवनको म्याराथुन दौडिदा-दौडिदै थाक्यौ भने सम्झिनु- हामी एकै पाईलाले नाप्दैछौ-गन्तब्यको क्षेत्रफल। र यो पनि सम्झिनु, हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन। च्छो-रोल्पा कसम, तिम्रो मुस्कानको फिनिसिङ लाजवाफ लाग्थ्यो। त्यो भन्दा लाजवाफ त झन- तिम्रा आँखामा रारा र फेवा देखिरहन्थे, जहाँ, स्पट देखिन्थ्यो-हिउँले लपेटिएको ठूलो हिमाल र, महसुस गर्थे- यो जीवनको हिमाल हो सधै हासीरहन्छ-सधै अग्लिरहन्छ......। हरेक बिहान, जब झ्यालका बुट्टे पर्दाहरु माथी, झन माथी सार्दै नियाल्थ्यौ बाहिर प्रत्यक पल प्रेमको घडिमा सुस्तरी बग्थ्यो समय। र, एउटा साँझ प्रेम नै प्रेमले सिगाँरिन्थ्यो- सुन्दरताले सिगाँरिएको लालीगुंरास जस्तै....। साच्ची भन त..... तिमीलाई ईस्वरको भन्दाबढि डर-मेरो किन लाग्थ्यो? कहिले भनेनौ मलाई, यो छोटो सवालको छ...

कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन।-सन्ध्या सानु

Image
'गजल' टाइसुटमा उहाँ ठाटिदा चिनियन। बारम्बार यहा ढाटिदा चिनियन । अझै पनि यस्तो उस्तो गर्छु भन्नु हुन्छ, टनकपुर कर्णाली बाटिदा चिनियन। कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन। आमा भन्दा उहालाई माता प्राण प्यारि, थुकेर त्यहि थुक फेरि चाटिदा चिनियन। हामि सङ्गै बाग्मतिमा फोहोर उठाउने उहा, नाका बन्द ग्यासका लाइन काटिदा चिनियन। :- सन्ध्या सानु

समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर ।

Image
'गजल' समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर । सिकारी हो सक्छौ भने मार त्यो बाज् आजै मार, लगेकोछ हाम्रा कयौं चल्लाहरु उडाएर । हेरौं छोरो कस्तो शिक्षा दिन्छ यी सन्ततिलाई , बाबा आमा राखेको छ बृद्धआश्रम बनाएर । हुर्काउछन बढाउछन पढाउछन छोरीहरू , खुसि हुन्छन बाबू आमा तिनेै छोरी अन्माएर । बिते कयौं साँझहरु औला भाच्दै प्रहरहरु, जिन्दगानी यो अनौठो पिंजडामा सजाएर। :- शिव सुवेदी  शान्तिनगर एक जुनेली बस्ती झापा अचेल:- मलेसिया

जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो-रमेश "गोठालो "

Image
'गजल' जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो। तिमी शब्द मेरा तिमी भावना हौ, सधैं गुन्गुनाई रहौं गीत तिम्रो। म पूजा गरौं या गरौं कामना क्यै, निहित होस त्यसमा सदा हीत तिम्रो। नबिर्से मलाई कुनै बाहनामा, नयन बाट बग्ने छ है शीत तिम्रो। रहर फुल्न थाले अनौठा म भित्र, सयौं जन्म मनको बनौं मीत तिम्रो। :- रमेश "गोठालो "

मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी।

Image
"गजल" मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी। बाध्यताले लाचार बनाएको बेला, पापीसामु यो शिर झुकेको कहानी। बर्खाभरि खेतबारी धाएर मेरा बा, बुढो रुखझैँ हिउँदमा सुकेको कहानी। सपनीझैँ बिर्सिएछ उसले ति कुरा, मेरै काँध चढी माथि पुगेको कहानी। अगाडी नै जिन्दगीको गाडी रोकिँदा, भेट्न एकै पाईलाले चुकेको कहानी। :- सीता प्याकुरेल