गजल -sunil jalan



जिन्दगी यतिधेरै जतन गर्नुपर्छ! नियमित औषधि सेवन गर्नुपर्छ! दिनभरि गजल सुनायो कविता सुनायो! घरगएर निस्तो भात भोजन गर्नुपछ! आफुले आफुलाइ जति प्यार कसैलाई नगर तिम्रो जिन्दगी तिमिलेनै खटन गर्नुपर्छ! मृत्यु दैलोमा उभिएर खबरदारी गर्छ, हामी मुसुक्क हाँस्दै घराअँगन गर्नुपर्छ! आमालाई आश्रममा छाडेरआयो र भन्यो अब गएर भगवानको दर्शन गर्नुपर्छ! हातमा मेहन्दिलगाइछौ सायद साउनलागेछ, अब हरियो चुरा हातमा छनछन गर्नुपर्छ!

:sunil jalan

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....