सभ्य बलत्कारी कविता : आयुस्मा देवकोटा 'आसा'















तपाईंको श्रीमानले यसो गर्दा तपाईं के गर्नु हुन्छ ?
मैले शरिर सुम्पने निर्णय गरे ।
कारण
म मेरो हर चिज बाढ्न सक्छु

 आतंक चिच्याहट केही छैन बाहिर
तर ,
मन यति धेरै आतंकित बनिरहेछ
लाग्दैन छ , युद्ध चलिरहेको छ मेरो मनमा ।
बम बारुद खसिरहेछन मुटुको छेउ छाउमा ।
महिनावारी हर महिना लाग्छ
मैले जीवन र मृत्यु तय गर्न सकेकी छैन
आज पनि छट्पटी रहेकी छु ।
कसैले चुसेझै लाग्दै छ ।
म मडारिरहेछु यसरी
जसरी शरिरबाट शिर छुट्टिए पछि कुखुराको शरीर छट्पटीन्छ
एक्कासि आवाज आयो ढोका खुलेको
अब त लाग्दै छ मृत्यु नै आओस्
किनकी,
 त्यो आवाज उसको आगमनको थियो
जो मेरो शिरमा एक चिम्टि सिन्दुर लगाएर
जिन्दगीका हर कुरा आधा गर्छु भन्ने मान्छे मेरो श्रीमानको
जो सभ्य बलत्कारि हो ।
मलाई कहिल्यै पनि जबर्जस्ती गरेन
कहिल्यै पनि मेरो चाहानालाई कुल्चेन
तर,
जब म उसको यौन प्रस्तावलाई अस्वीकार गर्छु
त्यतिबेला पनि जबर्जस्ती गर्दैन थियो उ
बरु सहजै उठेर हिडिदिन्थ्यो त्यहाँ
जहाँ उ आफ्नो यौन प्यास बुझाउन सक्थ्यो
अब भन्नुस
तपाईंको श्रीमानले यसो गर्दा तपाईं के गर्नु हुन्छ ?
मैले शरिर सुम्पने निर्णय गरे ।
कारण
म मेरो हर चिज बाढ्न सक्छु
तर
लोग्ने  बाँढ्न सक्दिन ।
किनभने,
यो समाजले
मेरो हर चिज
अनि
आधा जिन्दगी उसलाई सुम्पिदिएको छ
चाहे गर्व अबस्थामा हुँ
चाहे रजस्वलाको बेला
सहजै स्विकारि रहे
स्विकारिरहे
उसको बलत्कार
त्यसैले त भन्छु उसलाई सभ्य बल्तकारी
र  
उ मात्र हैन म जस्तै हजारौ नारीका श्रीमान
सभ्य बलत्कारि हुन्

 :आयुस्मा देवकोटा 

क न पा :   सिन्धुली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....