सिन्धुलीमा बेमौसमी गोलभेंडा खेती फस्टाउँदै


सिन्धुलीमा

छिल्लो समय व्यावसायिक बेमौसमी 
गोलभेंडा खेती फस्टाउँदै गएको छ । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएपछि गोलभेंडा खेतीतर्फ यहाँका किसान आकर्षित भएका हुन् ।

अन्य व्यवसायका तुलनामा बेमौसमी तरकारी खेतीबाट आम्दानी राम्रो हुने व्यवसायमा संलग्न कृषकहरूले बताएका छन् । कमलामाई नगरपालिका–८ माइस्थानका कलम भट्टराईले दुई वर्षदेखि व्यावसायिक बेमौसमी गोलभेंडा खेती गर्दै आएका छन् । करिब १० बिघा जमिनमा गोलभेंडा खेती गरेका भट्टराई गोलभेंडाबाट मनग्य आम्दानी गर्न सकिने बताउँछन् । दैनिक ५ टन गोलभेंडा फल्ने र वर्षमा दुई सिजन बेमौसमी गोलभेंडा उत्पादन हुने उनले बताए ।

४३ वर्षिय भट्टराईले कनपा–८ को माइस्थान, करकरे र हर्दिया गरी ३ ठाउँमा व्यावसायीक रुपमा गोलभेंडा खेती गर्दै आएका छन् । उनले भने, ‘घरको काम सकेर फर्ममा काम गर्छु । उत्पादन र आम्दानी दुवै राम्रो छ ।’ दैनिक १५ सयदेखि २ हजार किलो गोलभेंडा सिन्धुली सदरमुकाममै विक्री हुने गरेको र बाँकी छिमेकी जिल्लाको लालबन्दी र ढल्केबरका व्यापारीले लैजाने गरेको उनले बताए ।

व्यवसायबाट राम्रो आम्दानी भएपछि घर परिवार चलाउन सजिलो भएको भट्टराईको भनाइ छ । माइस्थानमा भट्टराईले गोलभेंडा खेती सुरु गरेसँगै सिको गर्दै अरु किसानले पनि बेमौसमी गोलभेंडा खेती सुरु गरेका छन् ।

सोही स्थानका नवराज श्रेष्ठ पनि गोलभेंडा खेतीबाट वार्षिक ५ लाख बराबरको आम्दानी गर्छन् । उत्पादित गोलभेंडा स्थानीय बजारमै बिक्री हुने भएकाले बजारको कुनै समस्या नरहेको उनले सुनाए । बाहिरी जिल्लाबाट आयात गरेको कम स्वादिष्ट हुने भन्दै छिमेकीहरू उनकै घरमा गोलभेंडा किन्न पुग्छन् । आफ्नै गाउँमा फलेको तथा घरेलु मल प्रयोग गरेको गोलभेंडा खाने बानी परेदेखि बजारको गोलभेंडा किन्न छाडेको उनका छिमेकी रुद्र खड्काले बताए ।

कमलामाई नगरपालिका–५ मघुटारका गणेशप्रसाद घिमिरे पनि केही वर्ष यतादेखि व्यावसायीक गोलभेंडा खेती गरिरेहका छन् । उनले आफ्नो बारीमा मौसमी र बेमौसमी दुबै याममा गोलभेंडा खेती गर्ने गरेका हुन् । घरको काम सकेर बचेको समयलाई गोलभेंडा खेतीमा लगाउने गरेको उनले सुनाए । उनका अनुसार उत्पादन गरेको गोलभेंडा खरिद गर्न व्यापारीहरू घरमै आउँछन् । उनले गोलभेंडा खेतीबाटै वर्षमा २ लाख बराबरको आम्दानी गर्दै आइरहेको बताए ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकाभित्रका सयभन्दा धेरै किसान व्यावसायिक गोलभेंडा खेतीमा लागेका छन् । गोलभेंडा खेतीमा आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न र किसानको आयआर्जन बढाउन बिउविजनको व्यवस्थापन, उचित बजार, शीतभण्डार, प्राविधिक सेवा, तालिम, विषादीमा सरकारले अनुदान दिएसँगै जिल्लाका युवाहरू व्यवसायीक गोलभेंडा खेतीमा आकर्षित भएको कार्यालयको भनाइ छ ।

बेमौसमी गोलभेंडा खेतीका लागि सिन्धुलीको हावापानी उपयुक्त र बजारमा लैजान सजिलो भएपछि गोलभेंडा खेती फस्टाउँदै आएको छ । जिल्लामा बर्सेनी तीन करोड रुपैयाँ बराबरको गोलभेंडा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....