गजल -प्रेमको अन्तिम संस्कार गर्नुछ भन्दै उसले धड्किरहेको मुटु झिकेर चिहानमा राख्यो ।

        
 
 गजल 

अदालतले आज यस्तो कुरा ध्यानमा राख्यो छोराको बिरुद्ध आमालाई बयानमा राख्यो प्रेमको अन्तिम संस्कार गर्नुछ भन्दै उसले
धड्किरहेको मुटु झिकेर चिहानमा राख्यो मुख्य समाचारमा छोरा मरेको खबर आयो ससुराले बुहारीलाई बाहिर आगनमा राख्यो तथास्तु बरदान जो पायो उसले देवताबाट निर्धक्क उसले आफ्नै मृत्युु सिरानमा राख्यो जब छुरा रोपियो छातिमा आफन्तबाट र त जिन्दगीको भर भगवानमा राख्यो आयुस्मा देवकोटा आसा सिन्धुली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....