Posts

घुम्दै जादा साँगा।

Image

भात कविता -राजु झल्लु प्रसाद ।

Image
[भात] यता एउटा भोको बालक, भोको पेट, भ माने भात पढिरहेछ ! उता अर्को बालक, बर्गर लुछ्दै, ब माने बम पढिरहेछ ! र, यसरी इश्वी सम्बतको गर्भबाट एउटा रङ्गिन इतिहास जन्मिन्छ यहाँ ! अनि, शताब्दीका भित्तेपात्रोहरु:- युग पढाउन थाल्छन् ! भानुभक्त पढाउन थाल्छन् ! बुद्द पढाउन थाल्छन् ! गान्धि पढाउन थाल्छन् ! देश पढाउन थाल्छन् ! ** कोहि दोबाटोमा पुगेर पनि बाटो टुङ्गिन्छ, भनेर पढाउदैनन् ! कोइ गन्तव्यमै पुगेर पनि गन्तव्य भेटिदैन, भनेर पढाउदैनन् ! *** कसरी यो शहरले, भर्खरै शहर छिरेकी फुलमाया दिदिको चप्पलको फिता चुँडायो ? कसरी यो शहरले, भर्खरै शहर छिरेका श्याम दाइको थाप्लोको नाम्लो जफत गर्यो ? अहँ, कोइ केइ पढाउदैन यहाँ  !! *** लाटोकोसेरोहरुको रातमा:- यहाँ परेवाहरु बाज बन्छन् ! बुद्द हिटलर बन्छ ! र, केइ परबाट चुपचाप.... चुपचाप....., गान्धी बस् अध्यारोमा बसि यी सब तमसा चाटिरहन्छ ! *** मोतिराम बेश्यालय छिराइरहेछ भानुभक्तलाई, यतै कतै ! बुद्द हिटलरको पाइला उचाली गान्धिलाई कुल्चिरहेछ, यतै कतै ! र लेखिरहेछ, सिग्रेटे धुवाँ ओक्लदै लक्ष्मि दारुलयमा बसेर, ...

झर्दैन जूनतारा,सोच्यौ?झरेर जान्छ-आर्य आयुषा।

Image
[गजल ] झर्दैन जूनतारा,सोच्यौ?झरेर जान्छ। ढुङ्गा नहाने हुन्छ,बेकार खेर जान्छ। लाग्दैछ डर अचम्मै आयो बिमान फेरि, हाम्रा जवान सारा परदेश लगेर जान्छ। चर्किन्छ क्यारे छाती मन थामिएन यस्सै, भूकम्प जान्छ अन्तै कम्पन म नेर जान्छ। जिउदाहरू मरेझैं  स्वासै नफेरि बस्छन् , शालिकको आँसु पुछ्न मुर्दा उठेर जान्छ। अन्धो रहेछ भन्लान् भन्नेहरूले पक्कै , हररात जान्छ मेरो आँखा बगेर जान्छ। - आर्य आयुषा

कविता :चुनौती ,कवि :राजु स्याङ्तान।

Image
"चुनौती " = रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं = म मासिन्या मतवाली गौ हत्याको आरोपमा बेकसुर टुँडिखेलमा काटिएको मेरो बाजेको टाउको बोकेर तिम्रो शालिकअघि ठिङ्ग उभिएको छु ए जंगबहादुर ! मलाई स्वीकार्य छैन तिम्रो मुलुकी ऐन आऊ मैदानमा आऊ अअन्तिम फैसला गरौं = भिमफेदीको उकालोमा गाडी बोक्दाबोक्दै रगत छादेर मरेको मेरो पुर्खाको खप्पर बोकेर तिम्रो चिहानअगाडि उभिएको छु ए जुद्धशमशेर ! कहाँ लुकेर दिँदैछौ आदेश ? म तिम्रो दरबार बनाउने ज्यामी मात्रै होइन तिम्रो चिताको दाउरा बोक्ने मलामी पनि हुँ आऊ अब मैदानमा आऊ अन्तिम युद्ध लडौं = मैले त केवल पुर्खाको रगतले भिजेको माटोमा मेरो नाम लेखौं भनेको तिम्रो आगनमा तुलसीको मठ हुँदा मेरो आगनमा दज्र्यू गाडौं भनेको तर तिमीले सुनेनौं = अब आऊ मैदानमा आऊ पुर्खाको अस्थिपञ्जर काँधमा बोकेर डिङग उभिएको छु म तिम्रो अगाडि कवि :राजु स्याङ्तान

आन्दाेलनमा ईश्वरहरू-कवि:बिष्णु सन्यास ।

Image
!हार्दिक बधाई !! कवि स्व.बिमल गुरुङ्गको २६सौ स्मृति दिवसको अवसरमा बिमल पुस्ताकालयद्वारा धरानमाँ आयोजित राष्ट्रीय कविता प्रतियोगिता महोत्सवमा देशविदेशबाट सहभागी भएका १६९ प्रतियोगीहरुलाई पछि पार्दै ''आन्दाेलनमा ईश्वरहरू'' शीर्षक कविता मार्फत प्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोल्पा जेल्बाङ ९ का बिष्णु पुन मगर ज्यु लाइ हार्दिक बधाई तथा निरन्तर सफल साहित्यिक यात्राको शूभकामना ब्यक्त गर्दछौ !!  "आन्दाेलनमा ईश्वरहरू''   स्वयम् ईश्वरहरू नै  आन्दाेलनमा छन अचेल   अस्तित्वकाे   उनीहरूलाई मन पर्दैन  पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने  याे वतासकाे आधुनिक रङ   उनीहरूकाे आँखालाई मन पर्दैन  क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा  दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन  उनीहरूलाई मन पर्छ बरू  जँगलमै बसेर मानिस  मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे  खनेर बृक्षका जरा-जरा  समयकाे त्याे आदिम गुफा छेउँ  भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे  उनीहरू कहिल्यै देख्दैनन्  गुम्बा, मस्जिद र...

'हिँउको रङ "- निशान निष्कर्ष।

Image
'हिँउको रङ "  घाम छिर्ने टोपी लगाएर  बिहानै कता हिँड्यो कुन्नि  उपल्लो गामको सोनामे शेर्पा ।   धेरै अगि गाममा  शहरबाट सरकार आउने हल्ला नचलेको हैन  र चलेकै हल्ला हो  सेतो पालले गाउँ सिँगारिने कुरा पनि ।  यतिबेला गुँरास फुलेको छैन गाउँमा  न त आएको छ ल्होसारको उल्लास ।  न भएको छ गुम्बामा बुद्धको स्तुति ।  कहाँ भ्याएका छन् र विचराहरुले यी सबै  काम गर्न र गराउन ।  आँखा आकाशमा कुदाउँदैमा जान्छ दिन  र सुत्ने बेलामा सम्झछन् छेपारोको उखानजस्तै  सरकारको आगमन ।  धेरै भएको छैन  सरकारले दुईटा चाउचाउ र एक मुठी  चिउरा बाँडेको,  त्यही खाएर भर्खर त उनीहरुले मनाएका  हुन् दशैँ र तिहार ।  सायद सरकारको खाजीमा   निस्केको हुनसक्छ सोनामे ?   सोनामेलाई आशा छ  यहाँ बाँसुरी बच्दैन निरोको रोममा जस्तै ।  हिजोबाट सरकारभन्दा छिटो भएको छ  हिमाल   बस्ती सिँगार्न ।  उपहार पठाएको छ उसले पनि  सेताम्मे हिँउका आँकुराहरु । ...

धनिपुर्जा हराएको देश-भरत थापा बिकल्प ।

Image
" धनिपुर्जा हराएको देश "  आफ्नै देशको बरखी बारेर  मौनधारण गरिरहेजस्ता हिमालहरु  राहदानी भिरेर  उडानको पर्खाइमा रहेका नदीहरु  आत्महत्या गर्न  हामफालीरहेजस्ता झरनाहरु  अनि गुँरास कुम्लो पारेर  बसाइ सर्न लागेका पहाडहरु देखेर  म सोधिरहेछु आमालाइ आमा म गोर्खाली हुँ कि हुँइन ?   सोधिरहेछु  कँहा छ आमा सुस्ता र लिपुलेकको   लालपुर्जा ?  किन हडपिरहेछन दलालहरुले?  कँहा राखेकि छ्यौ आमा बुद्दको जन्मदर्ता ?  किन दाबी गरिरहेछन नाजायज आमाहरु?  अनि कँहा छ सगरमाथाको चिनाटिपन?  कँहा राखेकि छ्यौ अरुणकौ नागरिकता  के साच्चै मेरो देशको धनिपुर्जा हराएकै हो  आमा ?  कि ऐलानी हो आमा मेरो देश ?  सोधिरहेछु आफै काल पर्खिरहेको मधेशले  कसरी मेट्ला कर्णालीको अनिकाल ?  अनि कसरी मेट्ला  भरीया र ढाक्रेहरुको प्यास   आफै लिलाम भएको अरुणले ,  बिन्ती आमा महिनावारी सुकेको छैन भने  टिष्टा र काँगडासंग संसर्ग गरेर  जन्माइदेउन दुइचार अमरसिंहरु ...