कविता :चुनौती ,कवि :राजु स्याङ्तान।

"चुनौती "

=
रानीदहमा तैरिरहेको
रेन्जेन दोर्जेको टाउको बोकेर
२ सय ५४ वर्षपछि आज म
याम्बुको सडकमा उभिएको छु
ए पृथ्वीनारायण !
आज कहाँ लुकेर दिँदैछौ उपदेश ?
आऊ
सडकमा आऊ
अन्तिम छिनोफानो गरौं
=
म मासिन्या मतवाली
गौ हत्याको आरोपमा
बेकसुर टुँडिखेलमा काटिएको
मेरो बाजेको टाउको बोकेर
तिम्रो शालिकअघि ठिङ्ग उभिएको छु
ए जंगबहादुर !
मलाई स्वीकार्य छैन
तिम्रो मुलुकी ऐन
आऊ
मैदानमा आऊ
अअन्तिम फैसला गरौं
=
भिमफेदीको उकालोमा गाडी बोक्दाबोक्दै
रगत छादेर मरेको
मेरो पुर्खाको खप्पर बोकेर
तिम्रो चिहानअगाडि उभिएको छु
ए जुद्धशमशेर !
कहाँ लुकेर दिँदैछौ आदेश ?
म तिम्रो दरबार बनाउने
ज्यामी मात्रै होइन
तिम्रो चिताको दाउरा बोक्ने
मलामी पनि हुँ
आऊ
अब मैदानमा आऊ
अन्तिम युद्ध लडौं
=
मैले त केवल
पुर्खाको रगतले भिजेको माटोमा
मेरो नाम लेखौं भनेको
तिम्रो आगनमा तुलसीको मठ हुँदा
मेरो आगनमा दज्र्यू गाडौं भनेको
तर तिमीले सुनेनौं
=
अब आऊ
मैदानमा आऊ
पुर्खाको अस्थिपञ्जर काँधमा बोकेर
डिङग उभिएको छु म
तिम्रो अगाडि

कवि :राजु स्याङ्तान

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....