Posts

गजल:गिता कार्की।

Image
[गजल] लाख प्रश्न हरुको जब छाल उठ्दैन'थ्यो। अनुत्तरितभै बारबार सवाल उठ्दैन'थ्यो।  गाउँमा हस्पिटल भए मलाई टुहुरी बनाई, मेरी आमा म बिचमा पर्खाल उठ्दैन'थ्यो। यदी किसानले पनि भ्रष्टाचार गर्थ्यो भने,  हाम्रो घर बर्षे नि अनिकाल उठ्दैन'थ्यो।  यो देशमा फाँसीको सजाय तोकिए देखि,  बलात्कारी, घुसखोरी,दलाल उठ्दैन'थ्यो।  जनताले भोट दिनलाइ कन्जुस गरिदिए, नेताहरुको भाग्य मालामाल उठ्दैन'थ्यो। : गिता कार्की ' सिन्धुली'  

मुक्तक :कमल सरोवर।

Image
[मुक्तक ] कहिले महल कहिले सडक यहाँहरू माझ। केहि अभिनय फरक फरक यहाँहरू माझ। कोहि गित गाऊ कोहि गजल सुनाउँ भन्लान् , भन्नुहोस् के सुनाउ ए..दर्शक यहाँहरू माझ। :कमल सरोवर

मुक्तक:सुर्य इटनी।

Image
[मुक्तक ] छुटी तिमी टाढा गयौँ,आउँने आशमा हेरी रहें। रक्तचाप  यो बड्दै  गयो, श्वास  मेलै फेरी रहें। माया,प्रेममा यस्तो देखे,दम्भं र घमन्ड हजुर, पल्टाउदै अविश्वासको खाता मेलै केरी रहें। ✍: सुर्य इटनी

मुक्तक:दिनेश धामी ।

Image
[मुक्तक] आउ यो मनमा आउन पैॅसा लाग्दैन। आॅखा आॅखा जुधाउन पैॅसा लाग्दैन। अभाबले हाॅस्नै दिन्न भन्छ्यौ तिमी, मैले जस्तै मुस्कुराउन पैॅसा लाग्दैन। :दिनेश धामी 

मुक्तक:सन्तोष अम्गाई।

Image
[मुक्तक] सियो बनाई देखा सरकार झुल बनाई देखा सक्छस भने दुर्गम भेगमा स्कुल बनाइ देखा  नेपाललाई स्वीजरल्याण्ड बनाउनु अगाडी तुइन हटाइ त्यहाँ  झोलुङ्गे पुल बनाई देखा :सन्तोष अम्गाई नाम्जुङ्ग 2 गोरखा हाल थेगु द-कोरिया

जब बोल्दै नबोली कोहि बिदा हुन्छ।-गिता कार्की

Image
[गजल] जब बोल्दै नबोली कोहि बिदा हुन्छ। बुझ्दैनन् मन लाई कति पीडा हुन्छ। अनेक बाहानाले  जिउन हुन्छ गाह्रो, अनि मेरो  मृत्यु यात्रा सिधा  हुन्छ। भेट्दा बोली देउ  है बरु रुखो खस्रो, मनले ग्रहण गर्छन् सुन्दा मीठा हुन्छ। फूल रोपेर दिलमा बोली छैन बास्ना, मौनताका  काँडा  झनै  तिखा हुन्छ। खोजी  हेर्नु प्यारा  जिन्दगीमा  तिम्रो, दायाँबायाँ दिलमा केबल गिता हुन्छ। गिता कार्की  सिन्धुली  ०७३/०४/३२ 

मुक्तकहरु...निलम निश्चल

Image
मुक्तकहरु… १,आग्रह हत्या हिंसा बलात्कार बन्द  होस् हाम्रो  देशमा । अन्याय  र अत्याचार  बन्द  होस् हाम्रो देशमा । धन कमाउन  गको  छोरा  लास  बनी आउँछ , बिदेशीक  रोजगार  बन्द  होस्  हाम्रो  देशमा । २, घात फुल जस्तै डाली माथी फुल्न गाह्रो भयो । भमराको     घातहरु   भुल्न  गाह्रो  भयो । बादलुको  घुम्टो  ओढी  लुकामारी खेल्दै , निश्चल'त्यो  गगन  झै  खुल्न  गाह्रो भयो। ३, राजनीतिक महँगीले जनताहरु मरि राखेका छन् । नेताहरु  भ्रष्टाचार  गरि राखेका छन् । बालुवा चाली जिन्दगी गुजार्नेहरु आज , अन्याय र अत्याचारमा परि राखेका छन् । निलम निश्चल याक्थुङ्बा याङ्नाम छ पाचथर नेपाल हाल मलेसिया सम्पर्क +601117610628