Posts

जब बोल्दै नबोली कोहि बिदा हुन्छ।-गिता कार्की

Image
[गजल] जब बोल्दै नबोली कोहि बिदा हुन्छ। बुझ्दैनन् मन लाई कति पीडा हुन्छ। अनेक बाहानाले  जिउन हुन्छ गाह्रो, अनि मेरो  मृत्यु यात्रा सिधा  हुन्छ। भेट्दा बोली देउ  है बरु रुखो खस्रो, मनले ग्रहण गर्छन् सुन्दा मीठा हुन्छ। फूल रोपेर दिलमा बोली छैन बास्ना, मौनताका  काँडा  झनै  तिखा हुन्छ। खोजी  हेर्नु प्यारा  जिन्दगीमा  तिम्रो, दायाँबायाँ दिलमा केबल गिता हुन्छ। गिता कार्की  सिन्धुली  ०७३/०४/३२ 

मुक्तकहरु...निलम निश्चल

Image
मुक्तकहरु… १,आग्रह हत्या हिंसा बलात्कार बन्द  होस् हाम्रो  देशमा । अन्याय  र अत्याचार  बन्द  होस् हाम्रो देशमा । धन कमाउन  गको  छोरा  लास  बनी आउँछ , बिदेशीक  रोजगार  बन्द  होस्  हाम्रो  देशमा । २, घात फुल जस्तै डाली माथी फुल्न गाह्रो भयो । भमराको     घातहरु   भुल्न  गाह्रो  भयो । बादलुको  घुम्टो  ओढी  लुकामारी खेल्दै , निश्चल'त्यो  गगन  झै  खुल्न  गाह्रो भयो। ३, राजनीतिक महँगीले जनताहरु मरि राखेका छन् । नेताहरु  भ्रष्टाचार  गरि राखेका छन् । बालुवा चाली जिन्दगी गुजार्नेहरु आज , अन्याय र अत्याचारमा परि राखेका छन् । निलम निश्चल याक्थुङ्बा याङ्नाम छ पाचथर नेपाल हाल मलेसिया सम्पर्क +601117610628

निमुखालाइ प्रचण्ड,बाबुरामले, केही गर्देन ।गजल-रुपक 'जमरा'

Image
✍ ✍ ✍ ✍... मन्दिरले केही गर्दैन धराधामले, केही गर्दैन । निमुखालाइ प्रचण्ड,बाबुरामले, केही गर्देन । एका विहानै उदाएछ गरिबिको बस्तितिर खासै हामिलाइ यो चर्को घामले, केही गर्दैन । हिजो देश लुछ्दै टोक्दै गरेका तिनै हुन तिनै आज दिएको यति धेरै इनामले, केही गर्दैन । यो देश उस्तै रहन्छ बरु झन् खुम्चिदै जान्छ घरि-घरि उहीँ नेता छान्ने कामले, केही गर्दैन । यो देश हामिले बनाउनु पर्छ साथि हो हामिले नेता भनिने यी अरुका गुलामले, केही गर्दैन ।                                          - रुपक "जमरा"       सिन्धुली

छोइडुम -कविता

Image
कविता - 'छोइडुम' फिँजाएर फलेकभरी डिका कैंची चक र इन्चिटेप लिएर एक मुटुरो कपडा बा घोत्ली रहनु हुन्थ्यो आकार बिहिन आकृतीहरुमा म सोच्थें सायदा बा इन्जिनियर हुन । ढल्कँदै जाँदा बालापन् म सोध्ने गर्थें बा किन छोइडुम खेल्दा म डुम बनेकै बखत् खित्का छाडी छाडी हाँस्छन साथिहरु ? किन अक्षरहरुको बर्णमालामा द- वर्णमै दब्ने गर्छन अनायासै मेरा स्वरहरु ? किन मेरै उमेरको काजीको छोरा तिमी भनेर बोलाउँछ तपाइँलाई ? र किन मलाई देखेर साइत परेको भन्छन् ऊ माथिल्लो गाउँका बिस्टिनिहरु ? म सोध्ने गर्थें बालाई । बग्दै जाँदा जिवनको नदी खुम्चिए पछि आफ्नै मनको आकाश मन्साएर देउरालिमा ढुङ्गो फालेको हुँ आफ्नै बस्तितिर र पसेको हुँ यो अन्जान शहर बस एक अघोषित अनागरिक । तर बर्षौ पस्चात आज खुब याद आइरहेछ बा को र उभिएको छु त्यही कठघरामा प्रश्न सोधी रहिछिन अबोध छोरी बाबा किन सियो खै सियो कविता पढ्दै गर्दा पुलुक्क मैतिर हेर्छन साथिहरु ? बाबा किन तुलसिको मठ छेउ खेल्दै गर्दा बेस्सरी रिसाउँछन् घरबेटी बा र आमाहरु ? किन यिनिहरु त त्यस्तो देखिन्नन भन्ने गर्छन् वल्लो पल्लो कोठा...

..बीच बाटोमै एक्लै एक्लै पार्ने पनि तिमी।

Image
[गजल ] बाच्न सिकाउने अनि मार्ने पनि तिमी। खेलाई खेल फेरि उल्टै हार्ने पनि तिमी। हेरिराख मेरो जिउने तरिका भन्दै थियौ, शिखर माथि पुर्‍याई तल झार्ने पनि तिमी। भावनाको नाता ठूलो माने जस्तो गर्‍यौ, म बाहुन त कामी भन्दै बार्ने पनि तिमी। दैवीक शक्ति ठूलो मान्दै भरोसा दिलाइ, मनमा भुतप्रेत र पिशाच सार्ने पनि तिमी। दुनियाँ छाडिदेउ म छु साथमा भन्थ्यौ त, बीच बाटोमै एक्लै एक्लै पार्ने पनि तिमी । :- सबु खड्का  "रौतहट"

जिन्दगीको धागो/कविता -नवीन प्यासि

Image
[जिन्दगीको धागो ] एक पित्को मुस्कानको लागि एक टुक्रा चन्द्रमा  र एक अञ्जुली आँसु मिल्काएँ कतै, एक गाँस खुसिको लागि एक माना कालो बादल  र एक धोक्रो अँध्यारो मिल्काएँ कतै, एक बित्ता सम्बन्धको लागि एक डोको समय र एक पोखरी पसिना मिल्काएँ कतै । मिल्काउँदा मिल्काउँदै आफै मिल्किएँ र घिसारिएँ साँघुरो कच्ची सडकको चिहानमाथि रगटिए पाखुरामा कोरेको प्रेमपत्र र मेटिए ताराहरु जोडेर लेखेको प्रेमील अक्षरहरु, फुटे पत्थरमाथी फूल रोप्ने दुबै आँखा र छरपस्टिए स्मृतीका टुक्राटाक्रीहरु, ठोक्किए आधा हाँसेका खाल्डाखुल्डीमा छाती र घाइँते भए तेहाँ सवार मुटु । चुँडिए जूनकिरी हेर्न चुपचाप बसेको नदीको धैर्यताको डोरी, थिचिए आकाश हेर्न मुन्टो उठाएका टुसाहरु आकाशबाट नै, पुरिए पहाडको काखमा सुुनाखरीको बस्ती पहाडबाट नै । तैपनि घिस्रँदै घिस्रँदै  पैतालाको सियोले भाग्य सिँउँदै जाँदा धागो कतै चुँडिएपछि जिन्दगीको  उध्रिइरहेछु म निरन्तर...निरन्तर... कौतुहलको बुइँ चढेर हतारहतार हुँइकिँदा  स्वाद बिर्सिएपछि जिब्रोले आमाको पटुकीको, समात्न बिर्सिएपछि हातले आपाको नैतिक चोरी औ...

गजल -निश्चल तामाङ

Image
       (गजल) बिरानो शहरमा कहानी छ मेरो। अनौठो रहरमा कहानी छ मेरो। झरे फूल सुन्दर अझै चाह फुल्ने , सुनौलो लहरमा कहानी छ मेरो। म मर्दैछु पलपल ठग्यो भाग्यले नि, अनेकौं प्रहरमा कहानी छ मेरो। भनौं खै कसोरी नसोध्यौ तिमीले, बचनको जहरमा कहानी छ मेरो। म लेख्दैछु पीडा हजारौं सहेर, गजलको बहरमा कहानी छ मेरो। बहर:मुतकारिव मुसम्मन सालिम रुक्न : १२२ १२२ १२२ १२२ :- निश्चल तामाङ "आरम्भ"                 सिन्धुली