Posts

कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन।-सन्ध्या सानु

Image
'गजल' टाइसुटमा उहाँ ठाटिदा चिनियन। बारम्बार यहा ढाटिदा चिनियन । अझै पनि यस्तो उस्तो गर्छु भन्नु हुन्छ, टनकपुर कर्णाली बाटिदा चिनियन। कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन। आमा भन्दा उहालाई माता प्राण प्यारि, थुकेर त्यहि थुक फेरि चाटिदा चिनियन। हामि सङ्गै बाग्मतिमा फोहोर उठाउने उहा, नाका बन्द ग्यासका लाइन काटिदा चिनियन। :- सन्ध्या सानु

समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर ।

Image
'गजल' समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर । सिकारी हो सक्छौ भने मार त्यो बाज् आजै मार, लगेकोछ हाम्रा कयौं चल्लाहरु उडाएर । हेरौं छोरो कस्तो शिक्षा दिन्छ यी सन्ततिलाई , बाबा आमा राखेको छ बृद्धआश्रम बनाएर । हुर्काउछन बढाउछन पढाउछन छोरीहरू , खुसि हुन्छन बाबू आमा तिनेै छोरी अन्माएर । बिते कयौं साँझहरु औला भाच्दै प्रहरहरु, जिन्दगानी यो अनौठो पिंजडामा सजाएर। :- शिव सुवेदी  शान्तिनगर एक जुनेली बस्ती झापा अचेल:- मलेसिया

जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो-रमेश "गोठालो "

Image
'गजल' जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो। तिमी शब्द मेरा तिमी भावना हौ, सधैं गुन्गुनाई रहौं गीत तिम्रो। म पूजा गरौं या गरौं कामना क्यै, निहित होस त्यसमा सदा हीत तिम्रो। नबिर्से मलाई कुनै बाहनामा, नयन बाट बग्ने छ है शीत तिम्रो। रहर फुल्न थाले अनौठा म भित्र, सयौं जन्म मनको बनौं मीत तिम्रो। :- रमेश "गोठालो "

मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी।

Image
"गजल" मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी। बाध्यताले लाचार बनाएको बेला, पापीसामु यो शिर झुकेको कहानी। बर्खाभरि खेतबारी धाएर मेरा बा, बुढो रुखझैँ हिउँदमा सुकेको कहानी। सपनीझैँ बिर्सिएछ उसले ति कुरा, मेरै काँध चढी माथि पुगेको कहानी। अगाडी नै जिन्दगीको गाडी रोकिँदा, भेट्न एकै पाईलाले चुकेको कहानी। :- सीता प्याकुरेल 

आजबाट यहाँ फूलहरू हास्नेछैनन् काटिदिएपछि वरपीपल बेघर भए चराहरू पुरिदिएपछि कुवा काकाकुल भए टारीहरू निमोठिदिएपछि फूल मुस्कुराउनै छाडे नानीहरू गतिशीलताको नाममा निमिट्यान्न पारेर बाका सारा निशानी निस्किएँ म मरूभूमिको यात्रामा मरूभूमिमै सकियो मेरो रूप यौवन उन्माद र सँगसँगै सिद्धियो मभित्रको मपाईंत्व

Image
प्रज्ञा प्रतिष्ठानले २०७२ सालमा आयाेजना गरेकाे कविता प्रतियोगितामा निर्णायक मण्डलकाे निर्णय अनुसार ३१ अऔं भएकाे कविता । कविता फर्किएर गाउँमा बाले घरजम गरेको साल सार्नुभएथ्यो वरपीपल जसले बटुवालाई शीतलतामात्रै होइन चराहरूलाई सुरक्षित बास पनि दिएथ्यो अंशवण्डापछि त्यही वरपीपलको फेदमा उभिएर मैले उर्दी जारीगरेँ– आजबाट यहाँ कोही नबस्नू ! आमा गर्भवती भएको साल बाले खन्नुभएथ्यो कुवा जसले बस्तीहरूको प्यासमात्रै मेटाएन उजाड टारीहरूमा लहलह धान झुलायो नामसारीसँगै त्यही कुवाको डिलमा उभिएर मैले हुङ्कार गरेँ– आजबाट कसैले यहाँको पानी पिउनेछैन ! म जन्मेकै साल बाले आँगनको डिलभरि रोप्नुभएथ्यो फूल जसमा रमाउँदै पुतलीहरूमात्रै नाचेनन् फूलझैँ मुस्कुराउन सिके मजस्तै नानीहरू स्वामित्वपछि मैले चेतावनी दिएँ– आजबाट यहाँ फूलहरू हास्नेछैनन् काटिदिएपछि वरपीपल बेघर भए चराहरू पुरिदिएपछि कुवा काकाकुल भए टारीहरू निमोठिदिएपछि फूल मुस्कुराउनै छाडे नानीहरू गतिशीलताको नाममा निमिट्यान्न पारेर बाका सारा निशानी निस्किएँ म मरूभूमिको यात्रामा मरूभूमिमै सकियो मेरो रूप यौवन उन्माद र सँगसँगै...

बिहान जसरी रित्तो ब्युँझन्छ उस्तैगरी सुत्छ रित्तो रित्तो साँझ डाँडामै छाडेर डाँडामाथिको घाम आफैं अनाथ भएका छन् सहरमा छोराछोरीहरु आउँछन्, अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन् एउटा कैदीजस्तै जिन्दगी दिन्छु, हिँड् भन्छन्

Image
नेपाल प्रज्ञा प्रतिष्ठानबाट कविता महोत्सव २०७२ मा प्रथम भएको कविता "गाउँको वृद्धालय" बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो बिहान जसरी रित्तो ब्युँझन्छ उस्तैगरी सुत्छ रित्तो रित्तो साँझ डाँडामै छाडेर डाँडामाथिको घाम आफैं अनाथ भएका छन् सहरमा छोराछोरीहरु आउँछन्, अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन् एउटा कैदीजस्तै जिन्दगी दिन्छु, हिँड् भन्छन् वनै मग्मगाउने वनफूल गमलामा सजाउँला ठान्छन् पिँजडाको लोभ देखाउँछन् गाउँ ब्युँझाएर कहिल्यै नथाक्ने चरालाई । यी डाँडापाखाहरु टारी फाँटहरु जंगल चौतारीहरु अनि बाँडेर कहिल्यै नरित्तिने मन कसरी अटाउँ उनीहरुको साढे दुईआने सहरमा? बाँच्नुको दुःख बिल्कुलै छैन यता पोथ्राको गुँड हेरेर पनि जिन्दगी चलेकै छ बच्चा काढ्छन् मुखको गाँस खुवाउँछन् उडाउँछन् हाँगाहाँगा पछ्याउँदै त्यही हाँगामा तुर्लुङ्ग झुन्ड्याइद...

छोराले बा को सालिक लडायो, अचेल बिचारहरु जागी रहेछ।

Image
' गजल' विद्धान पनि त अभागी रहेछ। मलाई त त्यस्तै लागी रहेछ। अरे यार अजिब मान्छे पनि, पत्थरसँग केहि मागी रहेछ। छोराले बा को सालिक लडायो, अचेल बिचारहरु जागी रहेछ। सोधे किन हो खरानी धसेको, बिचरो म जस्तै वैरागी रहेछ।। :- भरत थापा  " सिन्धुली" हाल: दक्षिण कोरिया