Posts

गजल -प्रेमको अन्तिम संस्कार गर्नुछ भन्दै उसले धड्किरहेको मुटु झिकेर चिहानमा राख्यो ।

Image
             गजल  अदालतले आज यस्तो कुरा ध्यानमा राख्यो छोराको बिरुद्ध आमालाई बयानमा राख्यो प्रेमको अन्तिम संस्कार गर्नुछ भन्दै उसले धड्किरहेको मुटु झिकेर चिहानमा राख्यो मुख्य समाचारमा छोरा मरेको खबर आयो ससुराले बुहारीलाई बाहिर आगनमा राख्यो तथास्तु बरदान जो पायो उसले देवताबाट निर्धक्क उसले आफ्नै मृत्युु सिरानमा राख्यो जब छुरा रोपियो छातिमा आफन्तबाट र त जिन्दगीको भर भगवानमा राख्यो आयुस्मा देवकोटा आसा सिन्धुली

बढ्दै जघन्य अपराध

Image
बढ्दै जघन्य अपराध शुक्रबार, ११ साउन २०७५, धनगढी - असार १२ गते बिहान कार्यालय जान निस्केकी गौरीगंगा नरपालिका ११ की २१ वर्षीया माया विक घर फर्किनन्। असार १५ गते त्यहींकै चपथली सामुदायिक वनमा हात पछाडि बाँधिएको, मुखमा सल कोचेको र नग्न अवस्थामा उनको शव फेला प-यो। गौरीगंगा नगरपलिका कार्यालयमा सामाजिक परिचालिकाका रुपमा कार्यरत विकलाई उनकै सहकर्मीले हत्या गरेको आरोप लागेको छ। यौनसम्पर्कको प्रस्ताव अस्वीकार गरेपछि सहकर्मी ३० वर्षीय गणेश बडुवालले २० वर्षीय भुवन खाती, २१ वर्षीय सुरज चौधरी, २७ वर्षीय मनोज बोगटी र १९ तपेन्द्र बोगटीलाई समेत मिलाएर विकको हत्या गरेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन्। यस्तै असार २६ गते सामान किन्न अत्तरिया गएकी कञ्चनपुर कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षीया कविता बिष्ट सम्पर्कविहीन भइन्। आफन्तले सोधखोज गर्दा ६ दिनपछि कृष्णपुर नगरपालिका २ लालझाडी मोहना वन क्षेत्रको अम्खैया खोलानजिक क्षतविक्षत अवस्थामा उनको शव फेला प-यो। सामूहिक बलात्कारपछि हत्या गरी उनलाई जंगलमा फालिएको प्रहरीले जनाएको छ। कृष्णपुर नगरपालिका २ वाणीका २१ वर्षीय मदन गिरी र २२ वर्षी...

सिन्धुलीमा बेमौसमी गोलभेंडा खेती फस्टाउँदै

Image
सिन्धुलीमा प छिल्लो समय व्यावसायिक बेमौसमी  गोलभेंडा खेती फस्टाउँदै गएको छ । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएपछि गोलभेंडा खेतीतर्फ यहाँका किसान आकर्षित भएका हुन् । अन्य व्यवसायका तुलनामा बेमौसमी तरकारी खेतीबाट आम्दानी राम्रो हुने व्यवसायमा संलग्न कृषकहरूले बताएका छन् । कमलामाई नगरपालिका–८ माइस्थानका कलम भट्टराईले दुई वर्षदेखि व्यावसायिक बेमौसमी गोलभेंडा खेती गर्दै आएका छन् । करिब १० बिघा जमिनमा गोलभेंडा खेती गरेका भट्टराई गोलभेंडाबाट मनग्य आम्दानी गर्न सकिने बताउँछन् । दैनिक ५ टन गोलभेंडा फल्ने र वर्षमा दुई सिजन बेमौसमी गोलभेंडा उत्पादन हुने उनले बताए । ४३ वर्षिय भट्टराईले कनपा–८ को माइस्थान, करकरे र हर्दिया गरी ३ ठाउँमा व्यावसायीक रुपमा गोलभेंडा खेती गर्दै आएका छन् । उनले भने, ‘घरको काम सकेर फर्ममा काम गर्छु । उत्पादन र आम्दानी दुवै राम्रो छ ।’ दैनिक १५ सयदेखि २ हजार किलो गोलभेंडा सिन्धुली सदरमुकाममै विक्री हुने गरेको र बाँकी छिमेकी जिल्लाको लालबन्दी र ढल्केबरका व्यापारीले लैजाने गरेको उनले बताए । व्यवसायबाट राम्रो आम्दानी भएपछि घर परिवार चलाउन सजिलो भ...

ढिंडो होटल सुनकोसी गाउँपालीका-३,बोहोरेटार सिन्धुली ।

Image
ढिंडो होटल सुनकोसी गाउँपालीका-३,बोहोरेटार सिन्धुली ।

गजल -sunil jalan

Image
जिन्दगी यतिधेरै जतन गर्नुपर्छ! नियमित औषधि सेवन गर्नुपर्छ! दिनभरि गजल सुनायो कविता सुनायो! घरगएर निस्तो भात भोजन गर्नुपछ! आफुले आफुलाइ जति प्यार कसैलाई नगर तिम्रो जिन्दगी तिमिलेनै खटन गर्नुपर्छ! मृत्यु दैलोमा उभिएर खबरदारी गर्छ, हामी मुसुक्क हाँस्दै घराअँगन गर्नुपर्छ! आमालाई आश्रममा छाडेरआयो र भन्यो अब गएर भगवानको दर्शन गर्नुपर्छ! हातमा मेहन्दिलगाइछौ सायद साउनलागेछ, अब हरियो चुरा हातमा छनछन गर्नुपर्छ! :sunil jalan

सभ्य बलत्कारी कविता : आयुस्मा देवकोटा 'आसा'

Image
तपाईंको श्रीमानले यसो गर्दा तपाईं के गर्नु हुन्छ ? मैले शरिर सुम्पने निर्णय गरे । कारण म मेरो हर चिज बाढ्न सक्छु   आतंक चिच्याहट केही छैन बाहिर तर , मन यति धेरै आतंकित बनिरहेछ लाग्दैन छ , युद्ध चलिरहेको छ मेरो मनमा । बम बारुद खसिरहेछन मुटुको छेउ छाउमा । महिनावारी हर महिना लाग्छ मैले जीवन र मृत्यु तय गर्न सकेकी छैन आज पनि छट्पटी रहेकी छु । कसैले चुसेझै लाग्दै छ । म मडारिरहेछु यसरी जसरी शरिरबाट शिर छुट्टिए पछि कुखुराको शरीर छट्पटीन्छ एक्कासि आवाज आयो ढोका खुलेको अब त लाग्दै छ मृत्यु नै आओस् किनकी,  त्यो आवाज उसको आगमनको थियो जो मेरो शिरमा एक चिम्टि सिन्दुर लगाएर जिन्दगीका हर कुरा आधा गर्छु भन्ने मान्छे मेरो श्रीमानको जो सभ्य बलत्कारि हो । मलाई कहिल्यै पनि जबर्जस्ती गरेन कहिल्यै पनि मेरो चाहानालाई कुल्चेन तर, जब म उसको यौन प्रस्तावलाई अस्वीकार गर्छु त्यतिबेला पनि जबर्जस्ती गर्दैन थियो उ बरु सहजै उठेर हिडिदिन्थ्यो त्यहाँ जहाँ उ आफ्नो यौन प्यास बुझाउन सक्थ्यो अब भन्नुस तपाईंको श्रीमानले यसो गर्दा तपाईं...

कविता : फरक यति हो |आकृति देवकोटा कृति ।

Image
कविता शिर्षक : फरक यति हो   जन्मिएर हुर्कन त तिमीमात्र हैन, म पनि आमकै कोखबाट जन्मिएर, हुर्किएकि मान्छे। तर .... तिमी र मेरो जन्मदा हुर्कदा बिचको फरक यति हो, तिमी सुख सयलमा जन्मिएर हुर्किएको मान्छे । मलाई मेरि आमाले आफू, नखाई नखाई खुवाएर हुर्किएकि मान्छे । समाजको यो दायराभित्र, तिम्रो र मेरो ओदाह कहिलै बराबर हुन सक्तैन प्रिय , हुनत तिमी पनि घरमै बसेर पढेलेखेको मान्छे। र म पनि घरमै बसेर पढेलेखेकि मान्छे। तर... फरक यति हो तिमी ३०/४० लाखको घरमा बसेर, बोर्डिङ स्कुलमा पढेको मान्छे, म भने ३०/४० लाखवटा बासका, चोइटा र खरले टालेको घरमा बसेर, कचियालाई कलम डोकोलाइ ब्याग, चौरको झपक्क परेको हरियो कापिमा, रगतको मसि बनाएर क लेख्न सिक्तै पढेकी मान्छे।  फरक यति हो.... तिमिले कपि कलम झोला सग खेल्न सिक्तै गर्दा, मलाई मेरि आमाले नाम्लो डोको हसिया सग खेल्न सिकाइन । तिमीले महगो खेलौना किनेर खेलिरहदा मलाई मेरि आमाले, लगाएको साडीको फेर च्यातेर बनाइदिनु भएको सितैको खेलौना लिइ खेलेकि मान्छे ।   तिमी मलाई मेरो र आफ्नो बिच फरक नबनाउ नभन, यो ...