Posts

कविता :चुनौती ,कवि :राजु स्याङ्तान।

Image
"चुनौती " = रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं = म मासिन्या मतवाली गौ हत्याको आरोपमा बेकसुर टुँडिखेलमा काटिएको मेरो बाजेको टाउको बोकेर तिम्रो शालिकअघि ठिङ्ग उभिएको छु ए जंगबहादुर ! मलाई स्वीकार्य छैन तिम्रो मुलुकी ऐन आऊ मैदानमा आऊ अअन्तिम फैसला गरौं = भिमफेदीको उकालोमा गाडी बोक्दाबोक्दै रगत छादेर मरेको मेरो पुर्खाको खप्पर बोकेर तिम्रो चिहानअगाडि उभिएको छु ए जुद्धशमशेर ! कहाँ लुकेर दिँदैछौ आदेश ? म तिम्रो दरबार बनाउने ज्यामी मात्रै होइन तिम्रो चिताको दाउरा बोक्ने मलामी पनि हुँ आऊ अब मैदानमा आऊ अन्तिम युद्ध लडौं = मैले त केवल पुर्खाको रगतले भिजेको माटोमा मेरो नाम लेखौं भनेको तिम्रो आगनमा तुलसीको मठ हुँदा मेरो आगनमा दज्र्यू गाडौं भनेको तर तिमीले सुनेनौं = अब आऊ मैदानमा आऊ पुर्खाको अस्थिपञ्जर काँधमा बोकेर डिङग उभिएको छु म तिम्रो अगाडि कवि :राजु स्याङ्तान

आन्दाेलनमा ईश्वरहरू-कवि:बिष्णु सन्यास ।

Image
!हार्दिक बधाई !! कवि स्व.बिमल गुरुङ्गको २६सौ स्मृति दिवसको अवसरमा बिमल पुस्ताकालयद्वारा धरानमाँ आयोजित राष्ट्रीय कविता प्रतियोगिता महोत्सवमा देशविदेशबाट सहभागी भएका १६९ प्रतियोगीहरुलाई पछि पार्दै ''आन्दाेलनमा ईश्वरहरू'' शीर्षक कविता मार्फत प्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोल्पा जेल्बाङ ९ का बिष्णु पुन मगर ज्यु लाइ हार्दिक बधाई तथा निरन्तर सफल साहित्यिक यात्राको शूभकामना ब्यक्त गर्दछौ !!  "आन्दाेलनमा ईश्वरहरू''   स्वयम् ईश्वरहरू नै  आन्दाेलनमा छन अचेल   अस्तित्वकाे   उनीहरूलाई मन पर्दैन  पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने  याे वतासकाे आधुनिक रङ   उनीहरूकाे आँखालाई मन पर्दैन  क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा  दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन  उनीहरूलाई मन पर्छ बरू  जँगलमै बसेर मानिस  मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे  खनेर बृक्षका जरा-जरा  समयकाे त्याे आदिम गुफा छेउँ  भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे  उनीहरू कहिल्यै देख्दैनन्  गुम्बा, मस्जिद र...

'हिँउको रङ "- निशान निष्कर्ष।

Image
'हिँउको रङ "  घाम छिर्ने टोपी लगाएर  बिहानै कता हिँड्यो कुन्नि  उपल्लो गामको सोनामे शेर्पा ।   धेरै अगि गाममा  शहरबाट सरकार आउने हल्ला नचलेको हैन  र चलेकै हल्ला हो  सेतो पालले गाउँ सिँगारिने कुरा पनि ।  यतिबेला गुँरास फुलेको छैन गाउँमा  न त आएको छ ल्होसारको उल्लास ।  न भएको छ गुम्बामा बुद्धको स्तुति ।  कहाँ भ्याएका छन् र विचराहरुले यी सबै  काम गर्न र गराउन ।  आँखा आकाशमा कुदाउँदैमा जान्छ दिन  र सुत्ने बेलामा सम्झछन् छेपारोको उखानजस्तै  सरकारको आगमन ।  धेरै भएको छैन  सरकारले दुईटा चाउचाउ र एक मुठी  चिउरा बाँडेको,  त्यही खाएर भर्खर त उनीहरुले मनाएका  हुन् दशैँ र तिहार ।  सायद सरकारको खाजीमा   निस्केको हुनसक्छ सोनामे ?   सोनामेलाई आशा छ  यहाँ बाँसुरी बच्दैन निरोको रोममा जस्तै ।  हिजोबाट सरकारभन्दा छिटो भएको छ  हिमाल   बस्ती सिँगार्न ।  उपहार पठाएको छ उसले पनि  सेताम्मे हिँउका आँकुराहरु । ...

धनिपुर्जा हराएको देश-भरत थापा बिकल्प ।

Image
" धनिपुर्जा हराएको देश "  आफ्नै देशको बरखी बारेर  मौनधारण गरिरहेजस्ता हिमालहरु  राहदानी भिरेर  उडानको पर्खाइमा रहेका नदीहरु  आत्महत्या गर्न  हामफालीरहेजस्ता झरनाहरु  अनि गुँरास कुम्लो पारेर  बसाइ सर्न लागेका पहाडहरु देखेर  म सोधिरहेछु आमालाइ आमा म गोर्खाली हुँ कि हुँइन ?   सोधिरहेछु  कँहा छ आमा सुस्ता र लिपुलेकको   लालपुर्जा ?  किन हडपिरहेछन दलालहरुले?  कँहा राखेकि छ्यौ आमा बुद्दको जन्मदर्ता ?  किन दाबी गरिरहेछन नाजायज आमाहरु?  अनि कँहा छ सगरमाथाको चिनाटिपन?  कँहा राखेकि छ्यौ अरुणकौ नागरिकता  के साच्चै मेरो देशको धनिपुर्जा हराएकै हो  आमा ?  कि ऐलानी हो आमा मेरो देश ?  सोधिरहेछु आफै काल पर्खिरहेको मधेशले  कसरी मेट्ला कर्णालीको अनिकाल ?  अनि कसरी मेट्ला  भरीया र ढाक्रेहरुको प्यास   आफै लिलाम भएको अरुणले ,  बिन्ती आमा महिनावारी सुकेको छैन भने  टिष्टा र काँगडासंग संसर्ग गरेर  जन्माइदेउन दुइचार अमरसिंहरु ...

चियर्स जिन्दगी-कविता।Anjita Tamushyo

Image
"चियर्स जिन्दगी "    प्रत्येक साँझ  यी गल्ली र चोकहरुमा  फरक फरक वाद अनि सिद्धान्तहरु  जन्मिन्छन्  जिन्दगी जिउँने तरिका बारे  बहस र बिचार मन्थन हुन्छन्  जिन्दगी जिउँने हो  बहसको बिषय हैन  जिन्दगी भोग्ने हो  मन्थनको आवश्यकता छैन  दुई घुट्को प्याला पनि जिन्दगी नै हो  सागरको अथाह पानी पनि  जिन्दगी नै हो   जिन्दगीको हिसाब किताब खोज्नेहरु हो  जिन्दगीलाई कन्फ्युज नगर ।  हो,  मैले आज प्यालामा जिन्दगी भरेकी छु  आजपनी अबेर सम्म  प्यालामा जीवन र दर्शन भोग्नेछु म  कृपया! आफ्नो दर्शन मलाई नबाँड   म,  एकान्त खोज्दै हिँडेकी छु  पाईलाहरु केही क्षणलाई रोकेर  अनुभूतिका डोबहरुका प्याला पिउँदैछु  हो,  आजफेरि एकपटक म जिन्दगी जिउँदैछु....।  चियर्स जिन्दगी ! - Anjita Tamushyo  

गजल -सुनिल "जलन"।

Image
[गजल] अब चै बिश्वास गर्ने आधार आएको छ, पोको पारेर रुमालमा प्यार आएको छ! अस्ति दशै आएथ्यो बा-आमा रुवायो, भोलि बैनी रुवाउने छ तिहार आएको छ! बाबाको सिरानीमुनि तमसुक भेट्टाएपछी, भाईपनि म संगै कतार आएको छ! जो संग जिन्दगी बिताउने सपना देखियो, आज उसकै बिहेको समाचार आएको छ! पख न मेरो गाउँ पनि देखिन्छ एकछिनमा, भर्खर त सिन्धुलीगढि बजार आएको छ!! - सुनिल जलन   (सिन्धुली)

गजल:गिता कार्की।

Image
[गजल] लाख प्रश्न हरुको जब छाल उठ्दैन'थ्यो। अनुत्तरितभै बारबार सवाल उठ्दैन'थ्यो।  गाउँमा हस्पिटल भए मलाई टुहुरी बनाई, मेरी आमा म बिचमा पर्खाल उठ्दैन'थ्यो। यदी किसानले पनि भ्रष्टाचार गर्थ्यो भने,  हाम्रो घर बर्षे नि अनिकाल उठ्दैन'थ्यो।  यो देशमा फाँसीको सजाय तोकिए देखि,  बलात्कारी, घुसखोरी,दलाल उठ्दैन'थ्यो।  जनताले भोट दिनलाइ कन्जुस गरिदिए, नेताहरुको भाग्य मालामाल उठ्दैन'थ्यो। : गिता कार्की ' सिन्धुली'