चियर्स जिन्दगी-कविता।Anjita Tamushyo

"चियर्स जिन्दगी"

 
 प्रत्येक साँझ
 यी गल्ली र चोकहरुमा
 फरक फरक वाद अनि सिद्धान्तहरु
 जन्मिन्छन्
 जिन्दगी जिउँने तरिका बारे
 बहस र बिचार मन्थन हुन्छन्
 जिन्दगी जिउँने हो 
बहसको बिषय हैन
 जिन्दगी भोग्ने हो
 मन्थनको आवश्यकता छैन
 दुई घुट्को प्याला पनि जिन्दगी नै हो
 सागरको अथाह पानी पनि
 जिन्दगी नै हो 
 जिन्दगीको हिसाब किताब खोज्नेहरु हो
 जिन्दगीलाई कन्फ्युज नगर ।

 हो, 
मैले आज प्यालामा जिन्दगी भरेकी छु
 आजपनी अबेर सम्म
 प्यालामा जीवन र दर्शन भोग्नेछु म
 कृपया! आफ्नो दर्शन मलाई नबाँड 
 म,
 एकान्त खोज्दै हिँडेकी छु
 पाईलाहरु केही क्षणलाई रोकेर
 अनुभूतिका डोबहरुका प्याला पिउँदैछु
 हो,
 आजफेरि एकपटक म जिन्दगी जिउँदैछु....।

 चियर्स जिन्दगी !

-Anjita Tamushyo
 

Comments

Post a Comment