Posts

कविता : फरक यति हो |आकृति देवकोटा कृति ।

Image
कविता शिर्षक : फरक यति हो   जन्मिएर हुर्कन त तिमीमात्र हैन, म पनि आमकै कोखबाट जन्मिएर, हुर्किएकि मान्छे। तर .... तिमी र मेरो जन्मदा हुर्कदा बिचको फरक यति हो, तिमी सुख सयलमा जन्मिएर हुर्किएको मान्छे । मलाई मेरि आमाले आफू, नखाई नखाई खुवाएर हुर्किएकि मान्छे । समाजको यो दायराभित्र, तिम्रो र मेरो ओदाह कहिलै बराबर हुन सक्तैन प्रिय , हुनत तिमी पनि घरमै बसेर पढेलेखेको मान्छे। र म पनि घरमै बसेर पढेलेखेकि मान्छे। तर... फरक यति हो तिमी ३०/४० लाखको घरमा बसेर, बोर्डिङ स्कुलमा पढेको मान्छे, म भने ३०/४० लाखवटा बासका, चोइटा र खरले टालेको घरमा बसेर, कचियालाई कलम डोकोलाइ ब्याग, चौरको झपक्क परेको हरियो कापिमा, रगतको मसि बनाएर क लेख्न सिक्तै पढेकी मान्छे।  फरक यति हो.... तिमिले कपि कलम झोला सग खेल्न सिक्तै गर्दा, मलाई मेरि आमाले नाम्लो डोको हसिया सग खेल्न सिकाइन । तिमीले महगो खेलौना किनेर खेलिरहदा मलाई मेरि आमाले, लगाएको साडीको फेर च्यातेर बनाइदिनु भएको सितैको खेलौना लिइ खेलेकि मान्छे ।   तिमी मलाई मेरो र आफ्नो बिच फरक नबनाउ नभन, यो ...

सिन्धुलीमा जीप भिरबाट खस्दा ४ जनाको घटनास्थलमा नै मृत्यु, घाइते १६ यात्रुमध्ये गम्भीर पाँच जनालाई काठमाडौं लगियो

Image
दुःखद घट्ना  सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट तिनकन्या नाकाझोली जांदैगरेको डबलक्याप बुलेरो अहिले बेलुका ५ बजेतिर बीपी राजमार्गको सेल्फी डाडा नजिकै सडकबाट ५० मिटर तलखसेर दुर्घट्ना भएको छ । उक्त गाडीमा सबार २१ यात्रु मध्ये ४ जनाको घट्नास्थमै ज्यान गएको छ । अन्य १७ जना घाइते भएका छन । ज्यान जानेहरुमा गोलान्जोर गाँउपालीका ५ निवासी लक्ष्मी देबकोटा, नबराज थापा, युबराज लुङ्गेली मगर, र रेसम कार्की रहेको प्रहरीले जानकारी दिएको छ । ड्राइभर निदाएकोले गाढी दुर्घट्ना भएको घट्नास्थलमा खटिएका डिएस्पी बिनोद शर्माको भनाइ छ । बिरामी मध्ये गम्भीर घाइते भएका गोलान्जोर गाउपालीका ५ निवासी १० बर्षकी दिपिका थापा , २६ बर्षको दिलीपजङ थापा र सोही गाँउपालीका ६ निवासी १३ बर्षकि पबित्रा मगरलाइ थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको र बाकीको सिन्धुली अस्पतालमा उपचार भैरहेको अस्पतालका डा. प्रेरित देबकोटाको भनाइ छ ।

दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए-प्रीय कास्मिरा।

Image
प्रिय कास्मिरा  प्रिय कास्मिरा, आज म, आफ्नै भविष्य जलाएर, तिमीलाई न्यानोपन दिदैछु यसलाई महान सम्झ या देखावटी किनभने पहिलो पटक म दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए तर तिमी त मलाई शत्रु देख्दि हौ प्रिय कास्मिरा तिमीले कैले बुझ्न सकिनौ त्यो मैले पेन्टागनमा चढाएकै फूल थियो जो कोटको दायाँतिर सिँऊरिएर उसले तिम्रो दिल जितेको थियो जब तिमीलाई नदुखाऊने सर्तमा मनमा ताल्चा मारेर बसेकी थिए तिम्रै फूलको सुरक्षामा तैनाथ गरिदिएकी थिए जन्मौ जन्म पुग्ने आशीर्वादहरु चिनेकी छ्यौ भने सोध्नु पूर्वदेखि पश्चिमका भगवानलाई म मन्दिरमा भगवानभन्दा बढी तिम्रो नाम लिन्थे आज पनि भान्सामा लसुनको पोटी छोडाऊदै सम्झन्छु तिमीलाई नै भनेर छोडेर आएका ति थुप्रै पलहरु त्यसवेला कहाँ थियौ तिमी किन स्विकार्य भएन त्यो पल आज जब एक्लै देखेर सङ्गै साथ बाँच्न खोजे हुरी बनेर आइदियौ  भ्रमको पर्दा फिँजाएर र चुँडेर लग्यौ आफ्नै गलाको माला बनाऊन मैले मेरै गमलामा सजाएको फूल थाहा छैन यतिवेला तिमी फूलहरुको सङ्गममा छ्यौ या काँडाको घोचाईमा अब तिम्रा सुगन्धहरु मन पर्दैन मला...

यो बर्षकै अती मार्मिक,अती महान र सर्वोत्कृष्ट तस्बिर -अलविदा प्रकाश कमरेड

Image
सागर न्यौपाने / काठमाडौं, मंसिर । ह्रृदयघातबाट निधन भएका प्रकाश दाहाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा मात्रै थिएनन्, अर्काे प्रकाश पनि थिए । राजनीतिक आरोह अवरोह देखि दैनिक हुने जतिपनि घटनाहरु हुन्थे ती सबैको प्रेसर थेग्ने काम उनै छोराले गर्थै, जस कारण प्रचण्डले पछिल्लो समय नेपाली राजनीतिमा महत्वपूर्ण निर्णय गर्न सफल भएका थिए । प्रचण्डले पार्टीका नेताहरुलाई आर्थिक व्यवस्थापनदेखि कतिको त दैनिक भात खाने समेत व्यवस्थापन गरिदिनुपथ्र्याे, यी सबै काम उनै छोरा मार्फत भइरहेको थियो । बुबाको सचिवालयमा बसेका प्रकाशले मिडिया, पार्टीका नेताहरुको व्यवस्थापनदेखि पार्टीलाई मजबुत बनाउने सम्मको काम गरेका थिए, जसकारण प्रचण्डले पछिल्लो चरण भनेका थिए, यो छोरो नहुँने हो त मेरो हालत तहस नहस नै हुन्थ्यो । आइतबार उनै प्रचण्डको प्रकाश निभेको छ, कहिल्यै नफर्कनेगरी । आइतबार विहान ह्रृदयघात भएर काठमाडौंको नर्भिक अस्पताल पु्र्याइएका प्रकाश दाहाललाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । तर, राष्ट्रिय राजनीतिका महत्वपूर्ण नेताको मृत्यु अस्पतालले सामान्य ढंगले गर्न चाहेन र बुबा प्रचण्डको उपस्थितिमा...

"जुत्ताको सुरक्षा"-कविता ।

Image
जुत्ताको सुरक्षा  पहाडको टुप्पोमा झुण्डि रहेको एक जोर फाटेको जुत्ताले उ तलको बस्तिलाई सधै आफुले पैतालो मुनि राखेर सुरक्षा दिलाएको महसुस गर्छ। सदियौ देखि बस्ती लाचार लाचार छ त्यहाका मान्छेहरु सक्दैनन शिर उठाएर पहाड सङ्ग नजर जुधाउन। एक जमाना थ्यो, पहाड को अञ्जुली भरी फूलेका गुराँसहरु चुल्ठोमा सिउरेर फापरे ह्वाइमा च्याङ्बा र माइच्याङहरु प्रतेक ढुङ्गासङ्ग साइनो गास्दै खाली खुट्टा भेडाको पछि भ्वाङ भ्वाङती दगुरी हिड्थ्यो। गाउँ भरिकै जुत्ता लगाउने एक मात्र दोर्जे आखे लाहुर बाट फर्केसी, त्यही पहाड सङ्गै मुस्कुराउने गर्थ्यो त्यही पहाड सङ्गै खुसिहरु फूलाउने गर्थ्यो। पहाड को टुप्पोमा बसेर पासाङले बजाएको बासुरिको धुनमा आफ्नै बिगत खोजिरहेको दोर्जे आखे एक दिन, वर्तमान र भविष्य बिर्सिने गरि लापत्ता भए देखि गुन्जनै छाड्यो सेलो र साइकोले भाका। ओइलेर झर्न थाल्यो गुराँसको गुच्छा र चर्न बिर्स्यो चौरिगाइले। दोर्जे आखेले, आफू रहनुको अर्थ बताउन आफ्नै अंश जस्तै फाटेको एक जोर जुत्तालाइ बस्तिलाई सुरक्षा दिने आदेश दिएको कुरा पहाड को बडेमान ढुङ्गा मा रातो रङ्गले खोपि...

यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् !

Image
यतिबेला मसंग-  बाँसुरी फुक्ने ओठहरु छैनन्  ! -------------------------------------------------------- आफैले बनाएको यौटा बाँसुरी थियो र, सधैँ उत्साहित गीत गाउने- --मजस्तै प्रेमिल देउराली थियो  ! चौतारीमा बसेर जब बजाउथेँ म बाँसुरी- काखमा रित्तो गाग्री च्यापेर उनि आउथिन र, यसरी हुने गर्थ्यो-  हरेक साँझपख हाम्रो भेट । उनले लुकाएर दिएको जालीरुमाल मैले नलुकाई देखाई दिएँ- सबैभन्दा मिल्ने साथीलाई बनको आगोजस्तै फैलिएर गयो गाँउमा- कसैलाई नभन्नू भनेको खबर  ! त्यसदिन- यति धेरै रिसाईन कि उनि मसंग अझै संझन्छु- एकैचोटी सयौ घामहरु उदाएझै रापिलो पारेकी थिईन आँखा तातो आइरनले खुम्च्याएको कपडाझै कुरुप बनाएकी थिईन ओठ र, हुरिले नुगाएका कलिला हाँगाहरुझै एकदम छड्के थियो अनुहार  । अँ साँच्ची छुट्नेबेला- सधैँका लागि भनेर गरेकी थिईन--   कट्टी ! देउराली त अझै होला बुढो चौतारी छ कि छैन त्यो त थाहा छैन सुनेको छु- देउरालीको धारो पनि सुक्यो रे  ! यत्तिका बर्षपछि खै कसरी संझनामा आए म  ? मलाई माफ गर सुनमाया  ! तर, यतिबेला मसंग-  ब...

विपी राजमार्गमा दुर्घट्ना…।

Image
विपी राजमार्गमा दुर्घट्ना २६ जेठ, सिन्धुली– विपी राजमार्ग अन्तर्गत पर्ने भालु खोला पुल छेउबाट आज टाटा सुमो खसेको छ । करिब १० मिटर तल खसेको सुमो करिब दिउँसो १२ बजे काठमाडौँबाट दोलखा तर्फ जादै गर्दा दुर्घट्नामा परेको हो । ना १ ज ४९३५ नबरको सुमो दुर्घट्नामा चालक को घटना स्थलमै मृत्यु भएको छ। चालक दोलखा पुरानो नाम्दु गाबिसका २४ वर्षिय रामहरि दासको घट्ना स्थ्लमानै मृत्यु हुन पुगेको हो । त्यसैगरि, घाइते यात्रुहरुको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भईरहेको हाम्रा संवाददाता उत्तम थापाले जानकारी दिएका छन् ।