Posts

Showing posts from December, 2016

आन्दाेलनमा ईश्वरहरू-कवि:बिष्णु सन्यास ।

Image
!हार्दिक बधाई !! कवि स्व.बिमल गुरुङ्गको २६सौ स्मृति दिवसको अवसरमा बिमल पुस्ताकालयद्वारा धरानमाँ आयोजित राष्ट्रीय कविता प्रतियोगिता महोत्सवमा देशविदेशबाट सहभागी भएका १६९ प्रतियोगीहरुलाई पछि पार्दै ''आन्दाेलनमा ईश्वरहरू'' शीर्षक कविता मार्फत प्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोल्पा जेल्बाङ ९ का बिष्णु पुन मगर ज्यु लाइ हार्दिक बधाई तथा निरन्तर सफल साहित्यिक यात्राको शूभकामना ब्यक्त गर्दछौ !!  "आन्दाेलनमा ईश्वरहरू''   स्वयम् ईश्वरहरू नै  आन्दाेलनमा छन अचेल   अस्तित्वकाे   उनीहरूलाई मन पर्दैन  पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने  याे वतासकाे आधुनिक रङ   उनीहरूकाे आँखालाई मन पर्दैन  क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा  दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन  उनीहरूलाई मन पर्छ बरू  जँगलमै बसेर मानिस  मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे  खनेर बृक्षका जरा-जरा  समयकाे त्याे आदिम गुफा छेउँ  भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे  उनीहरू कहिल्यै देख्दैनन्  गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै  अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे  कुनै

'हिँउको रङ "- निशान निष्कर्ष।

Image
'हिँउको रङ "  घाम छिर्ने टोपी लगाएर  बिहानै कता हिँड्यो कुन्नि  उपल्लो गामको सोनामे शेर्पा ।   धेरै अगि गाममा  शहरबाट सरकार आउने हल्ला नचलेको हैन  र चलेकै हल्ला हो  सेतो पालले गाउँ सिँगारिने कुरा पनि ।  यतिबेला गुँरास फुलेको छैन गाउँमा  न त आएको छ ल्होसारको उल्लास ।  न भएको छ गुम्बामा बुद्धको स्तुति ।  कहाँ भ्याएका छन् र विचराहरुले यी सबै  काम गर्न र गराउन ।  आँखा आकाशमा कुदाउँदैमा जान्छ दिन  र सुत्ने बेलामा सम्झछन् छेपारोको उखानजस्तै  सरकारको आगमन ।  धेरै भएको छैन  सरकारले दुईटा चाउचाउ र एक मुठी  चिउरा बाँडेको,  त्यही खाएर भर्खर त उनीहरुले मनाएका  हुन् दशैँ र तिहार ।  सायद सरकारको खाजीमा   निस्केको हुनसक्छ सोनामे ?   सोनामेलाई आशा छ  यहाँ बाँसुरी बच्दैन निरोको रोममा जस्तै ।  हिजोबाट सरकारभन्दा छिटो भएको छ  हिमाल   बस्ती सिँगार्न ।  उपहार पठाएको छ उसले पनि  सेताम्मे हिँउका आँकुराहरु ।  हिमाल पठाउँदै गर्दा हिँउको उपहार  नबिर्सनू नि तिमीले सरकारले जस्तै  भर्खर भूकम्पले हामीसित लगाएको साइनो   र नबिर्सनू यहीँ पुरिएका नानीहरुको रोदनको  इ

धनिपुर्जा हराएको देश-भरत थापा बिकल्प ।

Image
" धनिपुर्जा हराएको देश "  आफ्नै देशको बरखी बारेर  मौनधारण गरिरहेजस्ता हिमालहरु  राहदानी भिरेर  उडानको पर्खाइमा रहेका नदीहरु  आत्महत्या गर्न  हामफालीरहेजस्ता झरनाहरु  अनि गुँरास कुम्लो पारेर  बसाइ सर्न लागेका पहाडहरु देखेर  म सोधिरहेछु आमालाइ आमा म गोर्खाली हुँ कि हुँइन ?   सोधिरहेछु  कँहा छ आमा सुस्ता र लिपुलेकको   लालपुर्जा ?  किन हडपिरहेछन दलालहरुले?  कँहा राखेकि छ्यौ आमा बुद्दको जन्मदर्ता ?  किन दाबी गरिरहेछन नाजायज आमाहरु?  अनि कँहा छ सगरमाथाको चिनाटिपन?  कँहा राखेकि छ्यौ अरुणकौ नागरिकता  के साच्चै मेरो देशको धनिपुर्जा हराएकै हो  आमा ?  कि ऐलानी हो आमा मेरो देश ?  सोधिरहेछु आफै काल पर्खिरहेको मधेशले  कसरी मेट्ला कर्णालीको अनिकाल ?  अनि कसरी मेट्ला  भरीया र ढाक्रेहरुको प्यास   आफै लिलाम भएको अरुणले ,  बिन्ती आमा महिनावारी सुकेको छैन भने  टिष्टा र काँगडासंग संसर्ग गरेर  जन्माइदेउन दुइचार अमरसिंहरु  मैले पाथिभरा भाकेको छु  जन्माइदेउन एउटा बुद्द  मैले हलेसी भाकेको छु  अनि जन्माइदेउ भृकुटी र अरनिकोहरु आमा मैले छिन्ताङ भाकेको छु  छिट्टै प