
नवीन संघर्ष -सिन्धुली गजल, बन्धनहरु धेरै बाधिएला मन्दिर पुगेर। लाग्नेछ सधै बाचिएला मन्दिर पुगेर। बोल्दैन सुन्दैन उ,मुर्ति बनेर पत्थर , कहिले सम्म हासिएला मन्दिर पुगेर। छुटदैनौ भनी खाएको,कसम बिर्सनेले, देखेर ताल्चा सम्झिएला मन्दिर पुगेर। प्रयासबाट हारेदेखी,सोधिरहेछु म पनि, ठक्कर कत्ति राखिएला मन्दिर पुगेर। धर्मको नाममा देश,टुक्र्याउदैछ खबरदार, मान्छेले मान्छे मारिदिएला मन्दिर पुगेर। ©नवीन संघर्ष (सिन्धुली )