कविता : फरक यति हो |आकृति देवकोटा कृति ।


















कविता
शिर्षक : फरक यति हो

 
जन्मिएर हुर्कन त तिमीमात्र हैन,
म पनि आमकै कोखबाट जन्मिएर,
हुर्किएकि मान्छे।
तर ....
तिमी र मेरो जन्मदा हुर्कदा बिचको फरक यति हो,
तिमी सुख सयलमा जन्मिएर हुर्किएको मान्छे ।
मलाई मेरि आमाले आफू,

नखाई नखाई खुवाएर हुर्किएकि मान्छे ।
समाजको यो दायराभित्र,

तिम्रो र मेरो ओदाह कहिलै बराबर हुन सक्तैन प्रिय ,
हुनत तिमी पनि घरमै बसेर पढेलेखेको मान्छे।
र म पनि घरमै बसेर पढेलेखेकि मान्छे।
तर...
फरक यति हो
तिमी ३०/४० लाखको घरमा बसेर,

बोर्डिङ स्कुलमा पढेको मान्छे,
म भने
३०/४० लाखवटा बासका,

चोइटा र खरले टालेको घरमा बसेर,
कचियालाई कलम डोकोलाइ ब्याग,
चौरको झपक्क परेको हरियो कापिमा,
रगतको मसि बनाएर क लेख्न सिक्तै पढेकी मान्छे। 

फरक यति हो....
तिमिले कपि कलम झोला सग खेल्न सिक्तै गर्दा,
मलाई मेरि आमाले नाम्लो डोको हसिया सग खेल्न सिकाइन

तिमीले महगो खेलौना किनेर खेलिरहदा मलाई मेरि आमाले,
लगाएको साडीको फेर च्यातेर बनाइदिनु भएको
सितैको खेलौना लिइ खेलेकि मान्छे 
तिमी मलाई मेरो र आफ्नो बिच फरक नबनाउ नभन,
यो त मेरो भाग्यको देन हो,

हुन त भाग्य तिम्रो पनि थियो र छ 

तर ....
फरक यति हो,
तिम्रो भाग्यमा सुनजस्तो थालमा मोति जस्ता भातका सीता,

चादिको चम्चाले मासुको रससग तिमी ले खादै गर्दा,
मलाई मेरि आमा दसधारा आँसु मिसाउदै,
सुकेको खुर्सानी र नुन सिलबरको थालमा,

अौसिको रात जस्तो कालो ढिडो खाने भाग्य छ
त्यसैले त भन्छु तिमी आकाशको जुन हौ चम्किरहनु ,
म धर्तिको धुलो यहि सुहाउछु

बस यति बुझ हामी बिचको फरक यति हो हो फरक यति हो


कवी :आकृति देवकोटा कृति'' सिन्धुली'

उमेर:१३ बर्ष,कक्षा:१०

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....