सिन्धुलीमा जीप भिरबाट खस्दा ४ जनाको घटनास्थलमा नै मृत्यु, घाइते १६ यात्रुमध्ये गम्भीर पाँच जनालाई काठमाडौं लगियो

दुःखद घट्ना 

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट तिनकन्या नाकाझोली जांदैगरेको डबलक्याप बुलेरो अहिले बेलुका ५ बजेतिर बीपी राजमार्गको सेल्फी डाडा नजिकै सडकबाट ५० मिटर तलखसेर दुर्घट्ना भएको छ । उक्त गाडीमा सबार २१ यात्रु मध्ये ४ जनाको घट्नास्थमै ज्यान गएको छ । अन्य १७ जना घाइते भएका छन । ज्यान जानेहरुमा गोलान्जोर गाँउपालीका ५ निवासी लक्ष्मी देबकोटा, नबराज थापा, युबराज लुङ्गेली मगर, र रेसम कार्की रहेको प्रहरीले जानकारी दिएको छ । ड्राइभर निदाएकोले गाढी दुर्घट्ना भएको घट्नास्थलमा खटिएका डिएस्पी बिनोद शर्माको भनाइ छ । बिरामी मध्ये गम्भीर घाइते भएका गोलान्जोर गाउपालीका ५ निवासी १० बर्षकी दिपिका थापा , २६ बर्षको दिलीपजङ थापा र सोही गाँउपालीका ६ निवासी १३ बर्षकि पबित्रा मगरलाइ थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको र बाकीको सिन्धुली अस्पतालमा उपचार भैरहेको अस्पतालका डा. प्रेरित देबकोटाको भनाइ छ ।

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....