यो बर्षकै अती मार्मिक,अती महान र सर्वोत्कृष्ट तस्बिर -अलविदा प्रकाश कमरेड


सागर न्यौपाने /
काठमाडौं, मंसिर ।
ह्रृदयघातबाट निधन भएका प्रकाश दाहाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा मात्रै थिएनन्, अर्काे प्रकाश पनि थिए । राजनीतिक आरोह अवरोह देखि दैनिक हुने जतिपनि घटनाहरु हुन्थे ती सबैको प्रेसर थेग्ने काम उनै छोराले गर्थै, जस कारण प्रचण्डले पछिल्लो समय नेपाली राजनीतिमा महत्वपूर्ण निर्णय गर्न सफल भएका थिए ।
प्रचण्डले पार्टीका नेताहरुलाई आर्थिक व्यवस्थापनदेखि कतिको त दैनिक भात खाने समेत व्यवस्थापन गरिदिनुपथ्र्याे, यी सबै काम उनै छोरा मार्फत भइरहेको थियो । बुबाको सचिवालयमा बसेका प्रकाशले मिडिया, पार्टीका नेताहरुको व्यवस्थापनदेखि पार्टीलाई मजबुत बनाउने सम्मको काम गरेका थिए, जसकारण प्रचण्डले पछिल्लो चरण भनेका थिए, यो छोरो नहुँने हो त मेरो हालत तहस नहस नै हुन्थ्यो ।
आइतबार उनै प्रचण्डको प्रकाश निभेको छ, कहिल्यै नफर्कनेगरी ।

आइतबार विहान ह्रृदयघात भएर काठमाडौंको नर्भिक अस्पताल पु्र्याइएका प्रकाश दाहाललाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । तर, राष्ट्रिय राजनीतिका महत्वपूर्ण नेताको मृत्यु अस्पतालले सामान्य ढंगले गर्न चाहेन र बुबा प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलन गरेर मृत्युको जानकारी दिने अस्पतालले तयारी गर्यो । झापाको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डलाई कुरेर बसेका डाक्टरहरुले प्रचण्ड आएपछि पौने एक बजेतिर पत्रकार सम्मेलन गरे जसमा भनिएको थियो प्रकाश दाहालको मृत्यु अस्पताल ल्याउनुभन्दा कम्तीमा पनि ३ घण्टा अघि भइसकेको थियो । आकस्मिक हृदयघातबाट उनको मृत्यु भएको हो, किनकी उनले कुनै नराम्रो कुरा सेवन गरेका थिएनन् ।
यसरी आइतबार सबै चुनावी सभामा व्यस्त भइरहेका बेला प्रचण्डले छोरा मात्रै गुमाएनन्, आफ्नो एउटा साहरा नै गुमाएका छन् ।
… …
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी सभाहरुमा केन्द्रीत भइरहँदा प्रकाश पनि चुनावी सभाहरुको प्रत्यक्ष प्रशारण गरिरहेका हुन्थे त्यसै कारण प्रचण्डका समाचारहरु सबैभन्दा छिट्टै बन्थे ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेपछि छोरा प्रकाशको पनि व्यस्तता अलि बढेको थियो । उनी साढे दुई हप्ता त चुनावी प्रचारकै लागि चितवन बसेका थिए, स्वास्थ्यमा समस्या आएको भन्दै दुईदिन अघि मात्रै उनी काठमाडौं आएर घरमा आराम गरिरहेका थिए ।
प्रचण्डलाई राजनीतिक धपेडी हुँदा सहयोग गर्ने काम उनै छोराले गरेका थिए । जसकारण प्रेसरका विरामी प्रचण्डले आराम महसुस गर्ने गरेका थिए । पार्टीगत निर्णयमा असन्तुष्ट कतिपय नेताहरुलाई उनै छोराले कन्भिन्स गर्ने गरेका थिए ।
एक किसिमले प्रकाशका कारण फराकिलो छवि बनाउँदै गरेका प्रचण्डको आइतबार त्यही प्रकाश निभेको छ । छोरोको निधनले प्रचण्ड एक्लो बेसहारा भएका छन् ।
जतिसुकै सम्हालिन खोजेपनि जव छोराको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखियो त्यसपछि प्रचण्ड भावुक मात्रै बनेनन्, आँशु झारेरै रोए । प्रचण्डले एक भरपर्दाे सहोगी गुमाएका थिए । अरु नेताका छोराहरु राजनीति भन्दा बाहिर रहेका बेला प्रकाश भने बुबासँगै बसे । २०५४ सालमा भूमिगत भएका उनी त्यपछि पहिलो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा २०६५ सालमा प्रचण्डको सचिवालयमा काम गर्नेगरी नियुक्त भएका थिए । त्यसपछि प्रचण्डको जीवनका आरोह अवरोहमा प्रकाश पनि साक्षी बने । प्रकाशलाई नजिकैबाट चिन्ने मध्येका व्यवसायी टासी शेर्पा प्रकाश जस्तो क्यापासिटी भएको साथी नबनेको बताउँछन् । प्रकाश दाईसँग एउटा फाष्ट रेस्पोन्स गर्न सक्ने शैली थियो जसलाई अरुले पालन गर्न सक्तैनन् ।
प्रकाशले प्रचण्डलाई आउने ९० प्रतिशत तनाव होल्ड गरि राखेका थिए । पार्टीमा नेताहरुले माग्ने पैसादेखि यो भएन उ भएन भन्ने सानातिना गुनासो पनि उनैले होल्ड गरेर अध्यक्षलाई रिपोर्ट पुर्याँथे जसकारण प्रचण्डले सानातिना कुरामा अल्झिनु परेको थिएन ।
लामो समयदेखि सँगै काम गरेका साथी विताउनुपर्दा टासीआफू पनि सम्हालिन सकेका थिएनन । उनलाई सबैभन्दा बढी चिन्ता अब प्रचण्डको निभेको त्यो प्रकाश कसले बालिदिन्छ भन्नेमा छ ।
छोरा मात्रै होइन राजनीतिक सहयोगस् समेत भएर प्रकाशले काम गरेको टासी सम्झन्छन् । उहाँ भाषामा पनि राम्रो ज्ञान भएको हुनहुन्थ्यो । भारत होस या चीन विभिन्न मुलुकका कुटनीतिक व्यक्तिसँग प्रकाशले कुराकानी गरेर मात्रै  प्रचण्डलाई भेटाउनुहुन्थ्यो । २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बेला उनै प्रकाशले कमाण्ड सम्हालेको सचिवालयको सबैले प्रशंसा गर्ने गरेका छन् । पछिल्लो समय बाम गठबन्धन बनाउने बेलामा पनि प्रकाश नै महत्वपूर्ण रुपमा रहेका थिए किनभने उनले कतिपय नेताको सम्पर्क सूत्रका रुपमा काम गरे ।
आइतबार प्रचण्डको त्यो प्रकाश निभेको छ ।
प्रचण्ड त जसो तसो सम्हालिएलान तर, भद्रगोल राजनीति र अझैपनि पार्टी भद्रगोल अवस्थामा रहेको बेलाको उनको निधनले प्रचण्डलाई व्यवस्थित बनाउन लामै समय लाग्ने देखिन्छ । किनभने न कुनै लोभ, न कुनै लालच देश जनता र पार्टी हितका लागि सोच्ने एक कुशल व्यवस्थापक प्रचण्डले गुमाएका छन् । अलविदा प्रकाश !

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....